रामराज्य माविको पोल्टामा राष्ट्रपति रनिङ शिल्ड ( फोटो फिचर )

टोपलाल अर्याल गुल्मी, १८ चैत

रामराज्य मावि इस्मा गाउँपालिका ४ दोहलीले राष्ट्रपति रनिङ शिल्ड जितेको छ । रामराज्य माविले रनिङ शिल्डसंगै ट्रफि एक, स्वर्ण पदक १३, रजत आठ र कास्य चार पदक प्राप्त गरेको हो । त्यो संगै नगद २० हजार र प्रमाणपत्र पनि प्राप्त गरेको छ । त्यस्तै ठाढुङा माविले ट्रफि एक, स्वर्ण पदक सात, रजत छ र कास्य आठ पदकसहित द्धतिय स्थान प्राप्त गरेको छ ।

ट्रफि एक, स्वर्ण पदक तीन, रजत पाँच र कास्य पाँच पदकसहित आनन्दपुर माविक तृतिय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख लाल बहादुर कुवंरले जानकारी दिए । त्यस्तै प्रतियोगीता स्वर्ण पदक तीन, रजत चार र कास्य पाँच पदक सहित अमरपुर ओमप्रसाद मावि चौथो स्थान प्राप्त गर्न सफल भएको छ । प्रतियोगीतामा उत्कृष्ट बिद्यालय र बिद्यार्थीहरुलाई प्रमुख अतिथी गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख बिमला खत्री र प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तिले पुरस्कारसंगै सम्मान गरेका थिए ।

चैत १६ र १७ गते संचालन भएको प्रतियोगीतामा छात्रछात्रा भलिवल, कवडी, एथ्लेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट र ज्याब्लिङ थ्रो, सितेरियो कराँते, तेक्वान्दो र उसु लगायतका खेलहरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तिले जानकारी दिए ।

प्रतियोगीता इस्मा गाउँपालिका ४ को रामराज्य मावि प्राङगण र वडा नं ५ को महुत्का डाँडामा संचालन भएको थियो । कार्यक्रम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता व्यावस्थापन तथा निर्देशन समिति संयोजक बिमला खत्रीको अध्यक्षता, गाउँपालिका प्रमुख लक्ष्मण बिष्टको प्रमुख आतिथ्यता र गाउँपालिकाका शिक्षा शाखा प्रमुख लाल बहादुर कुवंरको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्ति, सवै वडाका वडाध्क्ष, कार्यपालिका सदस्य, राजनैतिक दलमा प्रतिनिधी, विभिन्न बिद्यालयका प्रध्यानाध्यापक लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?