अधिवेशन तयारीमा जुट्यो पत्रकार महासंघ


हुमाकान्त पोखरेल, गुल्मी, १९ चैत्र ।

नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मी पत्रकार महासंघको अधिवेशनमा जुटेको छ । यहि चैत्र २५ गते हुने अधिवेशन सम्पन्न गराउनको लागि पत्रकार महासंघल तयारी थालेको हो । जसअन्तरगत महासंघले विभिन्न उप–समितिहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ ।

बुधबार बसेको कार्यसमितिको बैठकले विभिन्न पाचँवटा उप–समिति गठन गर्नुका साथै केही निर्णयहरु पनि गरेको छ । पत्रकार महासंघले सदस्यबाट हटाइएकाहरुलाई पुर्नबाहली गर्ने निर्णय गरेको छ । महासंघकी उपाध्यक्ष सिता भण्डारीको संयोजकत्वमा तीन सदस्यीय अतिथि सत्कार उप–समिति गठन गरेको छ ।

त्यसैगरी हुमाकान्त पोखरेल र रमेश विश्वकर्मा सदस्य रहने गरी संजिवनी अर्यालको संयोजकत्वमा तीन सदस्यीय पुरस्कार तथा सम्मान छपाई उप–समिति, अध्यक्ष नवराज भुसाल, सचिव टोपलाल अर्याल, कार्यसमिति सदस्य तिलाचन पाण्डे र रेशम कुँवर सदस्य गरी उपाध्यक्ष अनिल खत्रीको संयोजकत्वमा पाचँ सदस्यीय पुरस्कार छनोट उप–समिति गठन गरेको छ ।

त्यस्तै कार्यसमिति सदस्य दधिराम खनाल, कौरव खत्री र रामकृष्ण कडेल सदस्य रहने गरी छवि पाण्डेको संयोजकत्वमा संस्थापक तथा अग्रज पत्रकार सम्मान उप–समिति गठन गरेको छ । जिल्लाको सामुदायिक रेडियो स्काईले कर्मचारीलाई पारिश्रमिक नदिएको बिषयमा पनि पत्रकार महासंघले छलफल गरेको छ । यसलाई समाधान गर्नको लागि महासंघका कार्यसमिति सदस्य तिलाचन पाण्डे र छवि पाण्डे सदस्य रहने गरी अध्यक्ष नवराज भुसालको संयोजकत्वमा समिति गठन भएको पत्रकार महासंघ, गुल्मीका सचिव टोपलाल अर्यालले जानकारी दिए ।

यस बर्ष जिल्लाका आठ जना पत्रकारले महासंघको सदस्यता पाएका छन् । हुमाकान्त पोखरेल, डिबि खड्का, महेश बोहोरा, रमेश विश्वकर्मा, गगां खड्का, सुर्य सुनार, अजय जेम्स र टिकाराम पाण्डेले महासंघको सदस्ता प्राप्त गरेका छन् । यो सँगै पत्रकार महासंघमा कुल ६३ जना मतदाता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?