घनश्याम र सुरेन्द्रको निलम्बन भद्दा मजाक हो : नेता भट्टराई 

पुर्व मन्त्री एवं नेकपा एमालेका नेता योगेश भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पान्डेलाइ गरिएको निलम्बन भद्दा मजाक भएको टिप्पणी गरेका छन ।
निलम्बनको एक्कैछिनमा सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै नेता भट्टराईले ऋषिमुनि , र बुद्धको ज्ञानभुमी अनि माक्र्सवादको उर्वर भुमी नेपालमा आजकाल विद्वान इमान्दार र नैतिकवान माथी कारबाही हुने र मूर्ख भ्रष्ट र अनितिकहरु पुरस्कृत हुने टिप्पणी गरेका छन ।
नेकपाका नेता द्वय भुसाल र पाण्डेले दिएको स्पस्टिकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलिले ६ महिनाका लागि पार्टिबाट निलम्बन गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?