गुल्मीमा राष्ट्रिय जनगणनाका लागि सचेतना कार्यक्रम सम्पन्न

सुमन महतरा , चैत्र १९ गुल्मी
गुल्मीमा राष्ट्रिय जनगणना २०७८ सफल पार्नका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला जनगणना कार्यालय गुल्मीको आयोजनामा जिल्ला समन्वय समितिको हलमा सञ्चालन भएको कार्यक्रममा जिल्लाका १२ वटै स्थानिय तहबाट यकिन डाटा निकाल्नको लागि सरोकारवाला र स्थानिय सरकारका प्रमुख उपप्रमुख राजनितिक दलका प्रमुख प्रतिनिधि बिभिन्न संघ संगठनका प्रतिनिधि र पत्रकारहरु संग सचेतना कार्यक्रम सञ्चालन गरिएको जनगणना गुल्मीका प्रमुख मदन प्रसाद पोख्रेलले बताएका छन,।
प्रमुख पोखे्रलले जिल्लाका १२ वटै स्थानिय तहलाई समेट्न सक्ने गरि ५ वटा जनगणना कार्यालय स्थापना गर्ने बताएका छन । जसअन्र्तगत धुर्कोट,मदाने,मालिका गाउँपालिकालाई सहज हुने गरि पुर्कोटदह त्यस्तै इस्मा र मुसिकोट नगरपालिकाको लागि वामीटक्सार ,गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाको लागि तम्घास, छत्रकोट गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाको लागि बलेटक्सार भने चन्द्रकोट,सत्यवति र कालिगण्डकि गाउँपालिकाको लागि खैरेनिमा कार्यालय रहने प्रमुख पोख्रेलले बताएका छन त्यस्तै १२ वटा स्थानिय तहको लागि ४३४ जना गणक र १०१ जना सुपरिवेक्षक परिचालित हुने उनले बताएका छन ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख रुद्रा देवि शर्माले उदेस्य र लक्ष्य अनुसार काम हुने र स्थानिय तहमा काम गर्नका लागि स्थानिय तहका जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला सवैलाई जनगणना सफल पार्नका लागि सहयोग गरिदिन आग्रह गरेकी छिन ।
२०७७ साल चैत देखि ४ महिनाको कार्य जिम्मेवारी सहित जिल्ला जनगणना कार्यालय स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?