मृगौला पिडितलाई नगद सहयोग ।

माधव ज्ञवाली ,चैत्र २२ गुल्मी ।

गुल्मीमा एक युवाको अभियानमा मृगौला पिडितलाई सहयोग गरिएको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.२ का संगित मगरको अभियानमा सोही वडा कै २३ बर्षिय मृगौला पिडित असिम मल्ललाई सहयोग गरिएको हो।

समाजसेवी संगित मगरले विगत केही समयदेखि “असिम मल्ल बचाउ अभियान ” सुरु गर्नुभएको थियो। अभियानबाट सङ्कलन भएको नगद रु. ६० हजार ६ सय बीस रुपैयाँ मृगौला पिडित असिम मल्लाका बुवा विक्रम मल्लकै घरमा पुगेर हस्तान्तरण गरिएको अभियान्ता मगरले बताउनुभयो । आफ्नो अभियान अझै नसकिएको र यसलाई आफुले निरंतरता दिने मगरले बताउनुभयो ,आफुले सुरु गरेको अभियानमा हातमा हात मिलाउन चाहानेले आफुलाई सम्पर्क गर्नुहुन पनि उहाँले अनुरोध गर्नुभएको छ। त्यस्तै मृगौला पिडित मल्ललाई अचमेश्वर युवा क्लब र टोल सुधार आमासमुहले संयुक्त रुपमा नगद रु. ७२ हजार ५ सय रुपैयाँ चेक मार्फत सहयोग हस्तान्तरण गरेका छन् ।

रकम हस्तान्तरण स्थानीय बुद्धिजीवी ,जनप्रतिनिधि ,क्लबका प्रतिनिधि लगायतको रोहवरमा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?