गुल्मीदरबारले गर्यो सार्वजनिक सुनुवाइ , धुलो बाटो देखि कृषि अनुदानमा स्थानियका गुनासा

भुबन भुसाल चैत्र २७ गुल्मी

गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहल गौडाकोटमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे , सबै वडाका वडा अध्यक्षहरु जवाफदेही ब्यक्तिको रुपमा रहनुभएको थियो ।
कार्यक्रमको सुरुमै गाउँपालिकामा सम्पन्न योजनाहरुको बारेमा अधिकृत पाण्डेले सहभागीहरुलाइ जानकारी गराउनुभएको थियो ।

वडा न ६ का बद्री अर्यालले खानेपानी बितरणमा विभेद भएको गुनासो पोख्नुभयो , सो को जवाफ दिदै वडा अध्यक्ष हिरा बहादुर खत्रीले समयमा बजेट नआउदा सबैलाइ एकै पटक बितरण गर्न नसकिएको भन्दै छिट्टै समस्या समाधान हुने आश्वासन दिनुभयो ।

 

वार्ड न २ का चेत बहादुर थापाले बाटो खन्दा मकै पुरिएको भन्दै गुनासो गर्नुभयो । वार्ड न ३ कै भक्त पौडेलले सार्वजनिक खर्च अन्तर्गत जिन्सी सामाग्रीमा स्टिकर नराखिएको गुनासो गर्नुभयो साथै वहाले कृषि सामाग्री खरिद गर्दा ब्यक्तिले खरिद गर्दा भन्दा गाउँपालिकाले गर्दा
महङ्गो भएको गुनासो गर्नुभयो ।

भुपु आर्मी समेत रहनुभएका लक्ष्मण अर्यालले घुम्तिमा भुतपुर्व सैनिकले निर्माण गरेकोस्वागत द्वार गएको बर्खायाममा भत्किएकोले गाउँपालिकाले के सम्बोधन गर्छ भनेर प्रश्न गर्नुभएको थियो ।

स्थानिय शेर बहादुर कार्किले स्वास्थ बिमा प्रभाबकारी नदेखिएको भन्दै जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य बिमाको कागज लिएर जादा प्रभाबकारी उपचार नपाएको गुनासो गर्दै आफुले रोजेकै अस्पतालमा जान पाउनुपर्ने माग गर्नुभयो । जवाफमा स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले यसका लागि स्वास्थ बिमा बोर्ड सम्म यो कुरा र माग पुर्याउने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले बाटोको धुलो , कृषिका समस्या, आगोलागी समस्या , अटोको भाडा तय नगरिएको लगायतका गुनासो गरेका छन।

कार्यक्रममा उठेका गुनासोको उपाध्यक्ष मिना भण्डारी र प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जवाफका साथै गुनासो सम्बोधन गर्नुभएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जनार्दन घिमिरेले गर्नुभएको थियो भने कार्यक्रमको संचालन नि वर्तमान अध्यक्ष एवं बरिस्ठ पत्रकार नवराज भुसालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?