यीनै हुन् विद्यार्थीका प्यारा गुल्मीका रामु सर : जसले बाईक दुर्घटनामा ज्यान गुमाए

गुल्मी– ठुलोपोखरा माध्यमिक बिध्यालय गुल्मीका प्रधानाध्यापक अन्दाजी ४५ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीदरबार गाउँपालिका -७ मा लु २३ प ५०६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक खत्रीको निधन भएको हो ।

शुक्रवार साझ ६ बजेतिर गौडाकोटबाट चारपाला आफ्नो घर फर्किदै गर्दा चारपाला खर्ज्याङ सडकको प्रवेशद्वार घुम्टीदेखि २ सय मिटर पर कल्वर्टको पिलरबाट सडक भन्दा करिव ३०० मिटर तल मोटारसाइकल सङै खसेर घाइते भएका खत्रीलाइ उपचारको लागि गुल्मी अस्पताल पुर्याइएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनि विद्याथीहरुको प्रिय शिक्षक थिए । खत्रीको निधनले गुल्मीदरबार गाउँपालिका अहिले शोकमा डुबेको छ । बालबालिका सङ्ग सजिलै घुलमिल हुन सक्ने स्वभाबका शिक्षक खत्रीको निधनले अहिले त्यहाका कसैका आँखा ओभाना छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?