उत्कृष्ट टिकटक बनाउने लाई ५० हजार नगदसँगै मोबाइलफोन दिइने ( भिडियो सहीत )

राजधानीमा एक कार्यक्रमको आयोजनागर्दै गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक गरिएको छ । सोनाको स्वरसँगै अभिनय समेत रहेको गीतको भिडियो सार्वजानिक कार्यक्रम उद्योग वाणिज्य संघकी निवर्तमानअध्यक्षभवानी राणाको उपस्थितिमा गरिएको थियो ।

दीपकशर्माको शब्द र संगीत रहेको गीतमा सोनासँगै सुगमपोखरेलको स्वर रहेको छ । एड एजेन्सी फुल सर्कलकी सीईओ समेत रहेकी सोनाले ‘मेरो माया’एल्बमअन्तर्गतको सिंगल गीत सार्वजनिक गरेकीहुन् । उनले आउँदो दिनमायसकागीतहरुलाई सार्वजानिकगर्दै जाने र एल्बममा संग्रहितगर्ने समेत बताएकी छिन् । ‘गीतमान्यायगर्नेकोसिश गरेकी छुँ’ उनले भनिन् । गीत सार्वजानिककार्यक्रममाउपस्थितविभिन्न क्षेत्रका अथितिहरु र मिडियाकर्मीले पनि सोनाको गायकीसँगै अभिनयको प्रशंसा गरेका थिए ।

उनिसँगै भिडियोमा देखिएका सागर लम्साल ‘बले’ ले पनिकामगर्न निकै सहजभएको बताए । उनले पहिलो सहकार्य भएता पनि नयाँ जस्तो नलागेको प्रतिक्रिया दिए । ‘भिडियोको रिहल्सलमा केहि नर्भस थिए यद्दपी छायांकनमा भने काम राम्रो हुन्छ भन्नेमाविश्वस्तभईसकेको थिए । हाम्रो मेहनतले गीत राम्रो बने जस्तो लागेको छ । सोनाजीसँगकामगर्दा निकै राम्रो भयो’ सागरले भने । उनले गीतमामायानिस्वार्थ हुन्छ भन्ने भावलाई देखाईएको बताए । सोनाले पनि टीमले राम्रो काम गरेकोमाजोड दिईन् । उनले को–स्टार सागरसँगै निर्देशकगम्भीर विष्टले निकै सहजवातावरण सिर्जना गरेको बताइन । ‘गायन र नृत्यसँगै अभिनयपनि छ । यो सम्पूर्ण टीमको कारण सम्भवभएको हो’ सोनाले भने । शशी विक्रम थापासँग संगीतको औपचारिक शिक्षालिएकी सोनाको गायन र अभिनयको प्रशंसा विशिष्ट अतिथि राणाले पनि गरिन् ।

उनले गायन र अभिनयमार्फत आफ्नो कामलाई न्यायगर्नु गरेका छन । आउँदादिनमा अझै सफलताको शुभकामना’ राणाले भनिन् । भिडियोमा सागर र सोनासँगै गोविन्द सिंह विष्टको पनि अभिनय रहेको छ । गीतमामाया अमुल्य हुने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुतगर्ने कोसिश गरिएको छ । भिडियोमा शुभम भुजेलको कोरियोग्राफी , बुद्ध थापाको छायाँकन , नविननिरौलाको कलर र सम्पादन , दीपकआचार्यको भिडियो कन्सेप्ट रहेको छ भने भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेकाहुन् । गीत सार्वजनिककार्यक्रममा टिकटक च्यालेन्जपनि घोषणा गरिएको छ । सार्वजनिक गीतको उत्कृष्ट टिकटक बनाउने मध्ये तेस्रोलाई १० हजार नगद , दोस्रोलाई २० हजार नगदसँगै मोबाइलफोन र पहिलो हुनेलाई ५० हजार नगदसँगै मोबाइलफोन दिइने घोषणा गरिएको छ ।

यो पुरस्कार वितरण सोनाकै तीन सातापछी सार्वजनिकहुने नयाँगीतको कार्यक्रममागरिने बताइएको छ । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले संचालन गरेको कार्यक्रमम ालक्की ड्र मार्फत उपस्थित मिडियाकर्मीलाई मोबाइल सेट प िनप्रदान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?