प्रचण्डको प्रश्‍न : ‘लभ’ परेको श्रीमान् श्रीमतीलाई अदालतले डिभोर्स गरिदिन पाउँछ ?

फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले अदालतले लभ परेको श्रीमान् श्रीमतीको अदालतले डिभोर्स गरिएको बताएका छन्।

पेरिसडाँडामा माओवादी केन्द्र कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो बडो लभ परिरहेको थियौँ। तपाईंहरूले देख्नुभयो नी। २८ गतेको आमसभामा म कसरी बोले, माधवजी कसरी बोल्नुभयो। झलनाथ जी कसरी बोल्नुभयो। लभ नपरेको भए त्यसरी बोलिने थिएन नी त। बडो लभ परेको श्रीमान् श्रीमतीलाई अदालतले डिभोर्स गरिदिन पाउँछ?’

अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताउने गरेको फैसला अस्वभाविक भएको टिप्पणी गरे। नेकपाको एकता भंग हुनुअघि माधव नेपाल समूहसँग आफ्नो लभ पर्दा पर्दै छुटाइदिएको आरोप लगाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?