देशका धेरै ठाउँकाे माैसम बद्ली : सुदूरपश्चिममा जमिन भिज्ने गरी पानी पर्ने

देशका धेरै ठाउँको मौसम यतिबेला बद्ली भएको छ ।

मध्य भारतमा बनेको न्यूनचापीय प्रणाली नेपाल भित्रिएकाले देशका धेरै ठाउँको मौसम बद्ली भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो प्रणाली पूर्वतर्फ सर्दै गरेकाले केही घण्टापछि काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँको मौसम खुल्दै जानेछ । तर, आजै पश्चिमी वायुको एउटा प्रणाली नेपाल प्रवेश गर्ने सम्भावना रहेकाले पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

 

यो प्रणालीको प्रभाव सुदूरपश्चिम प्रदेशमा धेरै पर्ने भएकाले त्यहाँ भने जमिन भिज्ने गरी पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश बाहेकका अन्य क्षेत्रमा भने हल्का मात्रै पानी पर्ने उहाँले बताउनुभयो ।

 

यस्तै, अहिले काठमाण्डौ उपत्यकासहित केही ठाउँमा तुवाँलो लागेको छ । दिउँसोपछि भने तुवाँलो बिस्तारै हट्दै जाने मौसमविद्ले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?