नेपालमा पनि कोरो’नाको दोश्रो लहर आयो त ? रुपन्देहीमा दुईजना को’रोना संक्रमितको निधन

देश दर्शन टिभी संवाददाता  , चैत्र ३० रुपन्देही

रुपन्देहीको बुटवलस्थित को’रोना विशेष अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा प्यूठान जिल्लाको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए ।

प्यूठानका पुरुषलाई गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको आज विहान ५ बजे निधन भएको हो । त्यस्तै चैत २३ गते भर्ना भएकी महिलाको बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

दुवै जनामा निमोनियाको समस्या रहेको गौतमको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?