गुल्मी उद्योग बाणिज्य संघका अध्यक्षको गाडीलाई ट्रकको ठक्कर

चितवन, चैत ३०ः

गुल्मीको उद्योग बाणिज्य संघका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता श्रीप्रसाद भलामी सवार स्कारपीयो जीपलाई विपरित दिशातर्फबाट आएको ट्रकले ठक्कर दिँदा जीपका चालक घाइते भएका छन्, भने भलामीको अवस्था समान्य रहेको चितवन प्रहरीले जनाएको छ ।

उद्योग बाणिज्य महासंघको दुई दिने कार्यक्रम समापन भएर काठमाडौंबाट गुल्मीतर्फ जने क्रममा चितवनको जुगेडीको मोडमा ट्रकले ठक्कर दिएको थियो ।

जुगेडीको मोडमा ओभरट्याक गरी आएको ना ६ ख ६०९३ को मालबाहक ट्रकले भलामी सवार लु २ च ७१०४ को जीपलाई ठक्कर दिएको थियो ।

घाइते जीपका चालक रुद्र थापालाई चितवनको पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको छ भने जीपको अगाडिको पुरै भाग क्षति भएको छ ।

जीपमा सवार श्रीप्रसाद भलामीले सिट बेल्ट बाँधेका कारण अप्रिय घटनाबाट बच्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?