नेपालमा आयो कार भन्दा पावरफुल बाइक, मूल्य २५ लाख १५ हजार , कस्ता छन बिशेषता ?

३१ चैत्र २०७७, काठमाडौं

नेपाली बजारमा बेनेलीको नयाँ बाइक ७५२ एस भित्रिएको छ । नेपालमा बेनेली बाइकको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले सो बाइक बिक्रीका लागि उपलब्ध गराएको हो ।

बेनेली ७५२ एसमा ७५० सीसी लिक्विडकुल्ड, ट्विन सिलिन्डर इन्जिन रहेको छ, जसले ८५०० आरपीएमा ७६ एचपी पावर र ६५०० आरपीएममा ६७ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा ६–स्पिड गियरबक्स जडान गरिएको छ । सामान्य ह्याचब्याक कार भन्दा यो बाइकको क्षमता धेरै छ ।

यसको फ्रन्टमा अपसाइड डाउन फोर्क र रियरमा एड्जस्टेबल मोनोसक सस्पेन्सन रहेको छ । त्यसैगरी यसको फ्रन्टमा ३२० एमएमको डबल डिस्क र रियरमा डबल पिस्टन फ्लोटिङ क्यालिपर सहित २६० एमएमको ब्रेक रहेको छ । बाइकमा यसमा १७ इन्चको आल्मुनियम अलोय रिम र १७ इन्चको टायर छ । यसमा १४ लिटर क्षमताको इन्धन ट्यांकी छ ।

बाइकमा भएको टीएफटी डिस्प्लेमा अटोमेटिक रुपमा डे र नाइट मोड चेन्ज हुन्छ । यी वाहेक एलईडी हेडल्याम्प र एबीएस जस्ता फिचर पनि यसमा रहेका छन् । सुरक्षाका लागि बाइकमा ब्रेम्बो ब्रेकिङ सिस्टम छ ।

यो बाइक ह्वाइट, रेड, ब्ल्याक र ग्रिन गरी चार कलरमा उपलब्ध हुनेछ । यसको मूल्य २५ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?