गुल्मीको बायुमण्डल बन्यो कुहिरि मण्डल

केही दिन धुम्मिएर खुलेको बायुमण्डल आज एकाएक फेरी प्रदुषित भएको छ । निरन्तर लागेको आगोका कारण निस्किएको धुवा बायुमण्डलमा फैलिएर यस्तो भएको सहजै अनुमान लगाउन सकिन्छ ।

गएको एक हप्ता भन्दा बढी समयदेखी देशका सबैजसो जिल्लामा भइरहेको आगलागी १५ बर्ष यताकै भीषण भएको जानकारहरु बताउछन ।
शहरी क्षेत्रमा औधोगिक क्षेत्रबाट निस्कने धुवा , गाडी बाट निस्कने प्रदुषणले बायुमण्डल फोहोर बन्नु सामान्य जस्तै बनेपनी अहिले नेपालका ग्रामीण भेग पनि हेर्नै नमिल्ने गरी प्रदुशित बनेका छन ।

बिगत केही दिनदेखी गुल्मीको रेसुङ्गा , सत्यवती , लगायतका जङ्गलमा लागेको आगोका कारण आज गुल्मीमा बिहानइ देखी बायुमण्डल खुलेको छैन भने बायुमण्डल कुहिरिमण्डल बनेको छ ।

अब पानी नपर्दा सम्म बायुमण्डल खुल्ने छाट देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?