गुल्मेलीको कालो दिन , प्युठानमा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

वैशाख १, २०७८गुल्मी

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको जिप प्यूठानमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

आज बिहान गुल्मीबाट छुटेको लु १ ज १६५५ नम्बरको जिप प्यूठान जिल्लाको स्वर्गद्वारी नजिकै रुमालेमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थालमा नै र दुई जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

दुर्घटनामा सुर्य पन्थी, श्याम न्यौपाने , भण्डारी इश्वरी र नाम नखुलेका गाडी चालकको ज्यान गएको पत्रकार टोपलाल अर्यालले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका श्याम न्यौपाने, सुर्य पन्थी, सुनिता कँडेल, तारा थापा, रेमलाल पन्थी, दिल बहादुर थापा, सन्दिप परियार लगायतको टोली सवार रहेको बताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?