गुल्मी पनि कोरोना संक्रमणको जोखिममा,  कोरोना संक्रमित ३ को मृत्यु

टोपलाल अर्याल गुल्मी, १२ बैशाख

गुल्मी जिल्ला पनि कोरोना संक्रमणको जोखिममा देखिएको छ । पछिल्लो ३ दिनमा ३ जनाले कोरोना सङ्क्रमणको कारण ज्यान गुमाएका छन् ।

गुल्मीको चन्द्रकोट, छत्रकोट र धुर्कोटका एक÷एक जनाको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । आइतबार कोरोना संक्रमित धुर्कोट गाउँपालिका २ पिपलधाराका ४२ बर्षीय एक पुरुषको ज्यान गएको छ । उनी एक हप्ता अघि भारतबाट आएर भैरहवा क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड–१९ फोकल प्रर्सन गोपाल कार्कीले जानकारी दिए । उनको पिसिआर पोजेटिभ थियो ।

त्यस्तै छत्रकोट गाउँपालिका ३ का ४५ बर्षीय पुरुषको शनिबार राति ज्यान गएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानी प्रसाद शर्माले जानकारी दिएका छन् । उनी गत बिहिबार भारतवाट घर आएर होम आईसोलेसनमा बसेका थिए । शुक्रवार सामान्य ज्वरो आएपछि ईन्टीजिन टेष्ट गराउँदा पोजेटिभ देखियो । शनिबार राति एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि ज्यान गएको शर्माले बताए । उनी गत माघमा मात्रै भारत गएका थिए । शब व्यावस्थापनको बिषयमा अहिले घर परिवार र जनप्रतिनिधीसंग सल्लाह भइरहेको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुन्य पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार मृतक शनिबार बेलुका ९ बजेसम्म ठिक थिए । ‘मलाई राति श्वास फेर्न अप्ठयारो भयो भनेर फोन आयो,’उनले भने,‘अस्पतालहरुमा सम्पर्क गर्दागर्दै ज्यान गयो ।’ त्यस्तै शुक्रबार बिहान चन्द्रकोट गाउँपालिकाका १ का ६१ बर्षका एक व्यक्तिको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

गुल्मीमा १० जना एन्टिजीन र २९ जनाको पिसिआएर पोजेटिभ व्यक्ति छन् । संक्रमित २२ देखि ५५ वर्ष उमेर समुहका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?