इस्माका पहिरो पीडितमा नयाँ आशा, तत्काल १० घर निर्माण हुने

टोपलाल अर्याल गुल्मी, १४ बैशाख

गत बर्ष इस्माका ३ वटा पहिरोबाट अत्यन्तै प्रभावित बने । स्थानीयले मानवीय तथा भौतिकको पीडा अझै भुलेका छैनन् । फेरि बर्षात सुरु भयो । तर, अझै ओतको टुङ्गो छैन । पूर्ण क्षति भएका मध्ये इस्मा गाउँपालिकाले १० घर निर्माणको काम भर्खरै सु? गरेको छ ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम मार्फत इस्मा गाउँपालिकाका वडा नं १, २ र ४ मा १० घर निर्माण हुँदैछन् । इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले निजी आवास पुनर्निमाण कार्यको शुभारम्भ गरे । बिष्टले इस्मा गाउँपालिका ४ दोहलीका पहिरो पीडित मान बहादुर घर्तिको घर शिलन्यास गरेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख बिष्टले पहिरोबाट प्रभावित सवै परिवारको पुर्नबास र पुर्निमाणको लागि प्रदेश र केन्द्र सरकारसंग माग भइरहेको बताए । पहिरोबाट क्षति भएका निजि आवासहरु को पुर्निमाणका लागि ठुलो रकम आवश्यक पर्ने भएकाले आफुहरु को प्रयत्नले मात्रै नहुने बताए । ‘फेरि बर्खा लाग्न थाल्यो पानी परे स्कुल खोज्नुको बिकल्प छैन , उनले भने,  ” अहिले १० घर बाहेक निर्माण गर्न सक्ने स्थिती भएन ।’

इस्मा गाउँपालिका वडा नं १ मा ४ घर, वडा नं २ मा ३ घर र वडा न ४ मा ३ घर निर्माण गरिने मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सिफारिस तथा कार्यान्वय समिति सदस्य राजेन्द्र बिक्रम कुवंरले जानकारी दिए । पहिरोले पूर्ण क्षति भएका मध्ये पनि प्राथमिकताको आधारमा १० घर परिवारलाई छनौट गरिएको कुवंरले बताए ।

पहिरोले इस्मा गाउँपालिका वडा नं १, २ र ४ मा ४२ घर पूर्ण क्षति र डेढ सय घरमा आंशिक क्षति पुगेको छ । प्रत्येक घर परिवारले कार्यक्रमको तर्फबाट २ लाख ५० हजारका दरले रकम पाउने छन् । प्राविधिक स्टीमेट, प्राविधिक स्टीमेट अनुसार घर निर्माण गर्ने सम्झौता पत्र, अनुगमन समितिको प्रतिवेदन, खर्चको बिल भरपाई, प्राविधिक मुल्यांकन र वडा कार्यालयको भुक्तानीको लागि गरेको सिफारिसको आधारमा लाभग्राहीले रकम पाउने मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम इस्मा गाउँपालिकाका फोकल प्रर्सन हरि प्रसाद घिमिरेले जानकारी दिए । लामो समय पहिरोबाट प्रभावित भएका परिवारहरु घर निर्माण हुन थालेपछि खुुसी भएका छन् ।

पहिलो पटक घर शिलन्यास गरेका इस्मा गाउँपालिका ४ का पहिरो पीडित मान बहादुर घर्तिले आउने बर्षात ढुक्कले कटाउने आशा व्यक्त गरे । ‘घर निर्माण सुरु भएपछि नयाँ आशा पलाएको छ,’उनले भने,‘पहिरोले गाउँमै बस्ने अवस्था नभएर कयौ समय स्कुल र छिमेक ग¥यौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?