गुल्मीमा एक बालक बेपत्ता , खोजी गरिदिन आग्रह

माधब ज्ञवाली , बैशाख १४ गुल्मी

गुल्मीमा एक बालक गएको एकदिन देखी बेपत्ता भएका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा न.४ स्थित श्रृङ्गा जनता माविमा विशेष शिक्षा अन्तर्गत अध्ययन गर्दै आएका सुस्त श्रवण ,कानले नसुन्ने र बोल्न नसक्ने १३ बर्षिया मनिष परियार वैशाख १३ गते दिउँसो करिब साढे एक बजेदेखी बेपत्ता भएका हुन् ।

ट्वाइलेट जाने सङ्केत गरेर हिँडेका उनी त्यसपछि फर्केर नआएको र हालसम्म सम्पर्कमा नआएको विद्यालय स्रोतको भनाई रहेको छ। हराएका बालकको उचाई अन्दाजी साढे ४ फिट रहेको र हल्का कालो वर्ण भएको उनका बुवाले जानकारी दिए। उनी विद्यालयमै बस्ने गरेको र यसभन्दा पहिले पनि धेरैपटक विद्यालयबाट भाग्ने गरेको विद्यालय स्रोतको भनाई रहेको छ।

“योभन्दा पहिले पनि पटक पटक भाग्ने गर्थे,धेरैपटक खोजेर ल्याइरहेका थियौं ,अहिले पनि भागेकै हुनुपर्छ ।”विद्यालयकी एकजना कर्मचारीले बताइन् । विद्यालयले हिजो हराएको थाहा पाएदेखी नै खोजिकार्य तिब्र बनाइरहेको भएपनी यो पाली हराएका बालकलाई फेला पार्न सकेको छैन।

यदि कसैले फेला परेको खण्डमा नजिकको प्रहरी कार्यालय अथवा विद्यालय अथवा अभिभावकलाई सम्पर्क गर्न अनुरोध विद्यालयले गरेको छ। विद्यालयको फोन न.९८५७०७५९०० अभिभावक :- ९८६०७८८०९७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?