त्यो दिन नपर्खौ…….

टोपलाल अर्याल

केहि दिन अघि जिल्ला प्रशासन कार्यालयको सर्वपक्षिय बैठकमा स्थानीय तहले कोभिड–१९ को तयारीका बारेमा आशा लाग्दो रिर्पोटङ गरे । मैले गाउँका काम नगर्ने ।

तर, जिल्लामा फेक डाटा प्रस्तुत गर्दा दुर्घटना निम्तिन सक्ने तर्फ सचेत मात्रै बनाएको थिएँ । त्यसलाई केहि स्थानीय तहले प्रतिवादको बिषय बनाए । तर, आज स्थिती त्यहि आएको छ । अहिले गाउँमा शव व्यावस्थापनमा गाह्रो भएको छ । शव राख्ने व्याग र बोक्ने गाडी छैनन् । शवबाहान, व्याग र स्थानको बिषयमा अहिले निर्णय भएको होइन प्रशासनमा । यो गत बर्षकै सिकाई हो ।

तर, केहि दिन अघि मात्रै छत्रकोटमा गाडी, शब व्याग र स्थानकै बिषयमा पुर्व योजना नभएका कारण घण्टौ नेपाली सेना निरिह बनेर शवको अगाडी उभिने स्थिती बन्यो । शुक्रबार राति इस्मा २ मा एक व्यक्ति कोभिडकै कारण मरे । आफन्त थिएनन्, संक्रमण भएका कारण कसैले हेरेनन् । त्यहाँ पनि शवबाहान र शब व्याग थिएनन् । शब व्यावस्थापनमा स्थानीय तह र गाउँलेहरुले सहि निर्णय दिएनन् । अन्तत ः गाडी, शवब्याग र प्रक्रियाको कारण नेपाली सेना गएन ।

इस्मामा शब बोक्ने ट्याक्टर समेत उपलब्ध भएन् । दुई÷तीन घण्टामा धुर्कोटबाट ट्याक्टर खोजेर शब उठ्यो । स्थानीयले पिपिइ लगाएर शव उठाए र नजिकैको जंगलमा शव व्यावस्थापन गरियो । यो पछिल्लो उदाहरण मात्रै होला । सवै स्थानीय तहले बेलैमा नसोचे शब नउठेर गिद्ध घुम्ने स्थिती नजिक छ । त्यस्तै गुल्मी अस्पताल तम्घासको ओपिटी सेवा बन्द छ । गाउँका स्वास्थ्यचौकीहरुमा दुई कोष परबाट सिटामोल फयाँक्छन् । नागरिक मेडिकलहरुमा चर्को मुल्य तिरेर भिड गर्न बाध्य छन् ।

त्यो बाहेक सामाजिक सोच र अस्पतालको सहज पहुँच नभएका कारण पीडा दवाएर घरमै बस्न बाध्य छन् । जसका कारण रोगले गालेपछि मात्रै अस्पताल खोज्दा स्थिती जटिल बन्ने गरेको छ ।

जिल्लामा आइसियु छैन् । जबकी जिल्लामा अक्सिजनले नथेगे बाहिरी अस्पतालको जोहो नहुँदा ज्यान जानेहरु बढेका छन् । जिल्लामा सरकारी बाहेक प्राइभेट रुपमा संचालन भएको अस्पताल रेसुंगा हो । त्यो अस्पतालको प्रयोगको बिषय सवै पक्ष मौन र छलफलहिन देखिन्छन् । नगरपालिकाकै आफ्नो आइसोलेसन छैन् । जिल्लाकै पहुँच र प्रतिष्ठाले नेतृत्व गर्नुपर्ने नगरपालिका किन पछि परिरहेको होला ? आम नागरिकले प्रश्न सोधिरहेका छन् ।

अब पनि आइसोलेसनको लागि ठाउँ खोजेर लाचार स्थानीय सरकार बन्ने कि हस्तक्षेप गरेर काम अगाडी बढाउने ? जिल्लाका मेडिकलको आजकै तथ्यांक बिश्लेषण गर्दा चेकअप गर्ने ८५ प्रतिशतमा फोक्सोकै समस्या देखिएकाले रेफर भएका छन् । सरकारी अस्पताल बन्द भइरहे र नागरिक चेकअपबाट बञ्चित भए सर्ने र मर्ने अवस्था बढि हुने भएकाले स्थिती बेहाल बन्ने तर्फ सचेत बन्नुपर्ने अवस्था छ । जिल्ला प्रशासन र स्थानीय तह बाहेक गैरसरकारी संस्थाको सहजीकरण र समन्वय वा भाउ खोज्ने प्रवृतिले हामी आफैलाई काल निम्त्याइरहेका छौ । बेलैमा सवैले सोचौ । सहयोग र विकेक बेलैमा प्रयोग गरौ ।

खयर अहिले आफु मात्रै जोगिने सोँचले अरु २ दिन अघि मात्रै मर्नुपर्ला । तर, एकदिन कोहि उम्कन नपाउने दिन आउनेछ । त्यसैले आइसोलेसन बेड बनाउन र अक्सिजन खोज्न सवैले आफ्नो स्थानीय तहलाई सहजीकरण गरौ । सम्झनुस स्थितीले त्यो बेड र अक्सिजन तपाईकै लागि बनेको हुनसक्छ । सडक, भवन, मन्दिर र मुर्ति पछि बनाउँला अहिले आइसोलेसन बनाउँ । योजना दिर्घकालिन बनाउँ । स्थितीको पुर्व मुल्यांकन गरौ । जिल्लामा पिसिआर गर्ने मौका समेत गुमायौ । संक्रमणको बेला काम गरेका स्वास्थ्यकर्मी र कर्मचारीलाई पारिश्रमीक नदिएको पाप भोगिरहेका छौ ।

जिल्लामा संक्रमण अझै बढोस्, एन्टिजिन अभाव होस्, अझै ठुलो श्रापको सामना गर्नुपर्नेछ । त्यति वेला जति ठुलो जग्गे र सांगिता गरेर पनि प्राश्रिचत हुने छैन् । कोभिड–१९ प्रयोगशालामा ढंगभन्दा राजनैतिक रंग बढि भयो । अब प्रवृति सुधारौ, सहयोगमा जुटौ । राजनीति फेरि गरौला, गुट बाँचे फेरि बनाउँला । अहिले आफुले अरुको बारेमा सोचौ भोली अरुले आफुलाई सोच्ने दिनका लागि । म अरुको लागि माक्स लगाउँछु, अरुले मेरो लागि लगाउनेछन् भन्ने सोचौ ।

नजिकको सरकार बिपद्मा नागरिकको सेवा र कामले नजिक बनोस् । ………… ज्यान छ र पो सबै छ ।

 

लेखक टोपलाल अर्याल पत्रकार महासंघ गुल्मीका अध्यक्ष हुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?