गुल्मी प्रहरीलाई ठूलो सफलता, इस्मा छिनुवा घटना सार्वजनिक

टोपलाल अर्याल गुल्मी १९ वैशाख

गुल्मी प्रहरीलाई ठुलो सफलता मिलेको छ । घटना भएको ८ महिनापछि आइतबार ईस्मा गाउँपालिका २ का २० बर्षिय माेतीबहादुर कुवँरकाे हत्यामा सम्लग्न भएको आरोपमा ८ महिनापछि तीन युवालाई सार्वजनिक गरेको छ ।

ईस्मा गाउँपालिका १ छिनुवामा हाेटल व्यावसाय सञ्चालन गरेका कुवँरकाे हत्यामा सम्लग्न इस्मा गाउँपालिका १ का वर्ष १८ का रमेश कुमाल, १८ बर्षकै गाेले भन्ने सन्ताेष कुमाल र २० वर्षका सुशील कुमाललाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

उनीहरुले कुवँरलाई गत भदौ २१ गते अाफ्नै हाेटलमा कुटपिट गरि गम्भीर घाइते वनाएका थिए । गम्भीर घाइते माेतीवहादुरकाे उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्युु भएको थियोे । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भट्टराईले केन्द्रबाट आफुले जिम्मेवारी पाएर आएका सबै घटना सार्वजनिक गर्न पाएकोमा गुल्मी प्रहरी र सहयोगी सबैको प्रशंसा गरे ।

भदाै ३ गते तिजकाे मेला हेर्न जाने क्रममा हत्या आरोपित ३ जना युवा युवतीसगँ वसेकाे अवस्था माेतीवहादुरले मुखमा लाईट देखाएपछि झगडा शुरु भएको थियो । युवाहरूले तिजको इगो साधेर दुई हप्तापछी घटना घटाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता पुरुषोत्तम प्रसाद पान्डेयले जानकारी दिए ।

गुल्मी प्रहरीले छिनुवासहित पछिल्लो समय आन्दोलन समेत भएको भाड्गाउ हत्या, पराल्मी हत्या, रुरु हत्या र ठुला चोरीका घटनामा सम्लग्नलाइ सार्वजनिक गरेको छ। नागरिकले आश मारेका मुख्य घटना प्रहरीले एकपछि अर्को गरेर सार्वजनिक गर्न थालेपछि लोकप्रियता कमाएको छ ।

इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले इस्माका २ हत्यामै प्रहरीले देखाएको सक्रियताले नागरिक र प्रहरीबिचको आत्मीयता र बिश्वास बढेको बताइन । प्रहरीले सार्वजनिक गरेका ३ नै जनालाई जिल्ला अदालत गुल्मीवाट म्याद थपेर घटनाका वारेमा थप अनुसन्धान अगाडि वढाईएकाे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?