कांग्रेसका प्रवक्ता शर्मालाई कोरोना सङ्क्रमण, कस्तो छ त अवस्था ?

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण भएको जानकारी दिनुभएको छ ।

ज्वरो र जिउ दुख्ने समस्या भएपछि हिजो बेलुकी स्वाब दिएको र बिहान पोजेटिभ रिपोर्ट आएको शर्माले बताउनुभएको छ।

अहिले आफू डेरामै आइसाेलेशनमा रहेको र लक्षणले च्यापेको तर मनोबल उच्च रहेको शर्माले लेख्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?