कोरोना नियन्त्रणमा मालिकाको चासो

टोपलाल अर्याल २१ बैशाख , गुल्मी

मालिका गाउँपालिकाले सवै वडाहरुमा एन्टिजिन परिक्षण गरिरहेको छ । अहिलेसम्म ३३ जनाको एन्टिजिन परिक्षण गरिएको छ ।

गाउँपालिकाले गरेको परिक्षणमा ६ र बाहिर परिक्षण गरेका गरेर १४ जनामा कोरोना संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले जानकारी दिए । भुसालका अनुसार सवै वडामा सर्वदलिय र सर्वपक्षिय कोरोना नियन्त्रण तथा व्यावस्थापन समिति गठन गरिएको छ ।

समितिले जनचेतना र क्वारेन्टाइन निर्माण लगायतका काम गरिरहेको छ । त्यस्तै एउटा एम्बुलेन्स र जीप आफुहरुसंग भएकाले अझै एउटा टयाक्टरको व्यावस्था गरिने भुसालले बताए । उनले सवैले आआफ्नै घाटमा शव दाहसंस्कार गर्ने र शव बाहनको लागि आफुहरुसंग गाडी रहेको जानकारी दिए ।

गाउँपालिकाको वडा नं ६ अर्जेमा ५ वेडको अस्थायी कोभिड–१९ अस्पताल संचालन गरिएको छ । अस्पतालमा हेल्थ असिस्टेण्टको नेतृत्वमा अक्सिजनसहितको सेवा उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए । त्यस्तै प्रत्येक स्वास्थ्य संस्थाहरुमा हेल्प डेक्सको व्यावस्था गरिएको छ । उनले आवश्कताको आधारमा थप आइसोलेसन निर्माणको लागि पनि आफुहरु तयारी अवस्था रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?