स्कारपियो दुर्घटना हुदा चालकको मृत्यु

शरद रेग्मी घोराही, २२ बैशाख/

दाङमा स्कारपियो जिप दुर्घटना हुदा चालकको मृत्युभएको छ ।

मदनभण्डारी लोक मार्ग अन्तरगत घोराही उपमहानगरपालिका ४ भङगाने भन्ने स्थानबाट बा १३ च ८०४८ नम्बरको स्कारपियो दुर्घटना हुदा चालक घोराही उपमहानगरपालिका १३ बडहरा निबासी विष्णु गिरीको घटना स्थलमै मृत्युभएको हो । रोल्पाबाट घोराही आउदै गरेको जिप गएराती दुर्घटनामा परेको बताईएको छ ।

दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका ४ का ३३ बर्षिय राजकुमार थापा र तुलसीपुर १६ का २३ बर्षिय बसन्त भण्डारी घाईते हुनुभएको छ । जंगलमा अड्कीएको अबस्थामा घाईतेहरुको प्रहरीले आज बिहान उद्धार गरि उपचारलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पु¥याएको छ । घाइतेहरुको टाउको, खुट्टा र हातमा गम्भिर चोट लागेको छ ।

जिप सडक देखी करिब ८ सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?