१२ घण्टामा गुल्मीका ३ कोरोना संक्रमितको मृत्यु

टोपलाल अर्याल , २२ बैशाख , गुल्मी

१२ घण्टामा गुल्मीका ३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

कालिगण्डकी ७ को ५५ बर्षीय पुरुष, रुरु ५ का ४८ बर्षीय पुरुष र सत्यवती गाउँपालिका ७ जुनियाका ६९ वर्र्षीय पुरुषको मृत्यु भएको स्वास्थ कार्यालय गुल्मीका फोकल प्रर्शन गोपाल कार्कीले जानकारी दिए ।

कालिगण्डकीका ५५ बर्षीय पुरुषको बैशाख २१ गते पिसिआर पोजेटिभ, रुरुका ४८ बर्षीय पुरुषको बैशाख १८ गते पिसिआर पोजेटिभ आएको थियो । रुरु र कालिगण्डकीका दुई पुरुषको उपचारको क्रममा प्रादेशिक अस्पताल रुपन्देहिमा मृत्यु भएको हो ।

भने सत्यवतिका ६९ बर्षीय पुरुषको वैशाख २० गते एन्टिजिन पोजेटिभ आएको र उनलाई जोहाङको आइसोलेसनमा उपचार गर्न ल्याउने क्रममा बाटामैमृत्यु भएको सत्यवती गाउँपालिका उपाध्यक्ष सुवर्ण शाही शेरचनले जानकारी दिइन् ।

जिल्लाभर कोरोनाको दोस्रो लहरका क्रममा १४ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा ३ सय ५६ जना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?