घाइते लिन हेलिकप्टर आयो , घाइतेको ज्यान गैसकेको थियो

बाग्लुङको खर्बाङमा घरको छतवाट खस्दा एक जनाको ज्यान गएको छ । बडिगाड गाउँपालिका वडा नं. २, दनिया निवासी ३९ वर्षिया रन बहादुर रानाको मृ”त्यु भएको हो ।

स्थानिय दिपु केसिको घरमा वायरिङ गर्ने क्रममा खस्दा गम्भिर घाइते भएका रानाको उपचारको लागि हेलिकप्टर मार्फत पोखरा पठाउने तयारी भैरहेको बेला ज्यान गएको हो । गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका श्रीमति सहित २ छोरा र १ छोरी रहेका छन् ।

प्रभु बैकंको हेलिकप्टर उनलाई लिन खर्बाङ आईसकेको थियो तर उनले त्यस भन्दा अगाडी नै प्राण त्यागिसकेका थिए । गरिबीसगं सघंर्ष गरिरहेका रानाको उपचारका लागि हेलिकप्टर खर्च जुटाउन स्थानीयले सहयोग सकंलन गरिरहेकै बेला उनको ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?