एमाले अध्यक्ष ओलीको आफ्नै सहयात्रीलाई प्रश्न : ‘आफ्नै पार्टीलाई पछार्नेहरूलाई इतिहासले माफी गर्ला ?’

फाइल फाेटाे
काठमाण्डाै – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा लाग्न नेता/कार्यकर्तालाई अपिल गर्नुभएको छ ।

 

माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री ओलीले आफूले कसैलाई पनि काखापाखा नगरेको बताउँदै पार्टीलाई मजबुत बनाउन अपिल गर्नुभएको हो ।

कतिपय व्यक्तिमा रहेको अहङ्कारको सिकार पार्टीलाई बनाउन नहुने भन्दै ओलीले आफ्नै पार्टी फुटाउन र सरकार ढाल्न खोज्ने आपराधिक मानसिकता भएकाहरू सुध्रनुपर्ने पनि बताउनुभएको छ । बरू सामूहिक राजीनामा दिएर आफ्नै राजनीतिक भविष्य समाप्त पार्ने तर पार्टीलाई पछारी छाड्ने हानिकार प्रयास भएकालाई इतिहासले माफी गर्ला ? भनेर ओलीले प्रश्न गर्नुभएको छ ।

साथै ओलीले नागरिककाे आशा, भराेसा र विश्वासकाे केन्द्र नेकपा एमालेलाई अझ सुदृढ र एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्ने आजकाे पुस्ताकाे प्रमुख दायित्व भएकाे बताउनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?