गुल्मी प्रशासनले गर्‍यो बजार अनुगमन , मुल्यमा छैन एकरुपता

टोपलाल अर्याल, २६ बैशाख , गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मीले तम्घास बजार अनुगमन गरेको छ ।

जिल्लामा कोरोना संक्रमणको कारण थपिदै गएको निशेधाज्ञाका कारण बजारमा हुन सक्ने मृल्यबृद्धि र कालोबजारी लगायतको अवस्था बुझ्न बजार अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिइन् । उनले स्थानीय बजारहरु पनि अनुगमन गर्न स्थानीय तहलाई आग्रह गरिन् ।

 

जिल्लामा कोरोना संक्रमण बढ्दै गएकाले दोस्रो पटक जेठ ४ गतेसम्म निशेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीको नेतृत्वको अनुगमन टोलीले बजारका एक दर्जन पसलहरुको अनुगमन गरेको हो । टोलीले खाद्यान्य र तरकारीको मुल्यमा एकरुपता नभएको र म्याद नाघेको वस्तुहरु फेला पारेको छ ।

 

म्याद नाघेका बस्तुहरु जफत गर्नुका साथै पसललाई सचेत बनाउने काम भएको प्रशाससकीय अधिकृत पन्थीले बताए । त्यस्तै आइतबारनै प्रमुख जिल्ला अधिकारी शर्मा नेतृत्वको टोलीले मेडिकल फर्म र मेटल वर्कवपहरुमा अक्सिजनहरुको स्थिती र निशेधाज्ञाको अवस्थाको बारेमा अनुगमन गरेको छ ।

 

त्यस्तै रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी शर्माले रेसुंगा नगरपालिकाले निर्माण गरेको २० बेडको आइसोलेसन तथा रेसुंगा अस्पतालले निर्माण गरेको १० बेड आइसोलेसनको पनि अनुगमन गरेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय गुल्मीले पनि निशेधाज्ञालाई कडाई र व्यवस्थित बनाउँदै लगेको छ । प्रहरीले बजारमा हुने अनावश्य हुने भिड नियन्त्रण गर्न बिना काम बजार डुल्ने व्यक्ति र मोटरसाइकलहरुलाई कारबाही थालेको छ ।

आइतबार दुई दर्जन बढि व्यक्तिलाई चिदिचौरमा होेल्ड गरेर सम्झाई घर पठाइएको प्र्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराइले बताए । जिल्लामा दोस्रो लहरको कोरोना संक्रमणबाट जिल्लामा २२ जनाको मृ”त्यु भएको छ ,  भने अहिलेसम्म संक्रमि”त ५ सय ४३ जना भएका छन् ।

५२ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय गुल्मीका फोकल प्रर्सन गोपाल कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?