उनी म बाट धेरै टाढा छिन ” आमा ”

 

उनी म बाट धेरै टाढा छिन । कही पर आकाशमा, ति चम्किला ताराहरु जस्तै जब साँझ परेर सूर्य अस्ताउँछ नि तब मिर्मिरे बिहानीसँगै उदाउने हो कि भन्ने आशा पलाइरहने रहेछ । सायद मेरो नामकाे अर्थभित्र तिमी छाै हाेला है अामा अाफ्नाे मान्छे संसार छाेडेर गएपछि अाकाशमा तारा बन्छन् रे तिमी तारा बन्याै अनि त्याे तारा नाम मैले पाए अाफ्नाे नामको अर्थ बल्ल अाज थाहा पाए अामा मैले।

 

गाउँघरमा भनेको सुन्छु मान्छेको जब मृ”त्यु हुन्छ नि तब आकाशको सबैभन्दा चम्किलो तारा बन्छ भनेर अनि म आकाशतिरै फर्केर हेर्छु अनि सोच्छु तिमि कुन चाहीँ तारा हौ नि आमा ।

 

सानो उमेरबाटै या भनौ जन्मेकै दिनबाट सुख, खुशी नामका शब्दहरु हराउँदै गइरहे मेरो जिवनबाट अनि म लाचार भएर हेरि मात्र रहे धन्न आजको दिनसम्म आफनो तौल बराबरको आँशुलाई बिस्थापन गर्न सकेकी छु र जिवित छु नत्र आमा म आफनै आँशुका तलाउहरुमा उत्तिबेलै डुबेर म”रिसक्थेहोला ।

 

मैले तिमि एक्लैलाई एकोहोरीएर हेर्न चाहान्छु, बास तिमिलाई मात्रै एकटकले हेरिरहन चाहान्छु मेरी आमा तिमिलाई मात्र नै हेरिरहन चाहान्छु । आमा आज तिम्रो मुख हेर्ने दिन मातातिर्थ औँशी/मातृ सम्मान दिवस होनी आमा तिमिलाई कहाँ हेरु तिमि त मसङ्ग छैनौ नी।

 

आमाको मुख हेर्ने दिन त आमा साथमै हुनेहरुको लागी पो खास हो । मजस्ता टुहरा टुहुुरीहरुको लागी त आजको दिन कहिल्यै नआए हुन्थ्यो,जस्तो लाग्छ के गर्ने आमा भाग्य लेख्ने विधाताले नै आधाअधुरो,अपुरो लेखेपछि कसको के नै लाग्छ र । मनले त भन्छ यो सब सपना भइदिए हुन्थ्यो तिमि आएर मलाई न्यानो स्पर्श गर्दै छोरी भनेर बोलाए हुन्थ्यो भनेर।

 

अामा अर्को जन्ममा तिम्रै कोखबाट जन्म लिन चाहान्छु, तिम्रै काखमा खेल्न चाहान्छु, तिम्रै काखमा निदाउन चाहान्छु अनि मनका अनेकन दुख पिर पनि तिम्रै काखमा बेलीबिस्तार लगाउन चाहान्छु । आमा तर एउटा कुरा तिमि अलि लामो आयुका साथ मेरी आमा नै हुने गरी अर्को जन्म लिनुपर्छ है ।

 

हुन त साथमा परिवार, आफन्त, इष्टमित्र सबै हुनुन्छ तरपनि खै आमा मलाई तिम्रै कमि महशुस हुन्छ सधैँसधैँ सायद एउटाको कमि अर्कोले कहिल्यै पुरा गर्न सक्दैन होला नि है आमा । सायद तिम्रो ठाउँमा सानीआमालाई देख्दा मलाई तिम्रो याद नआउनु पर्ने होनी झन मुटु भक्कानी भक्कानी तिम्रै झल्कोले सताइरहन्छ नि आमा ।

 

सायद प्लास्टिकको फुल जति नै अाकर्षक देखिएपनि जमिनमा फुलेकाे फुलको झल्काे मेट्न कहिल्यै सक्दैन्।
छोरीको जात नै यस्तै हुन्छ कि सायद अरु हुन या नहुन तर आमा अनिर्वाय आफुसँगै भइदिए हुने भन्ने एउटा स्वार्थ जस्तो लाग्ने रहेछ क्या सदासर्वदा……

 

चाडपर्व आउने बित्तिकै मेरा आखाँबाट बरबर आँशु झर्छन आमा तिम्रो सम्झनाले, तिम्रो निकै याद आउँछ तरपनि जिन्दगी आफुले सोचेको जस्तो नहुँदो रहेछ जे भइरहेको हुन्छ जस्तो भइरहेको हुन्छ त्यसलाई नै स्वीकार्नु बाहेक हामीसङ्ग अर्को बिकल्प नै छैन । म कुनै मन्दिर देख्ने बित्तिकै एउटै कुरा बिन्ती बिसाउछु भगवानलाई मिल्छ भने मेरी आमा फिर्ता पठाइदेउ न भगवान भनेर ।

 

आमा भनेकै भगवानको देन हुन, भगवानकैे दोस्रो रुप आमा हुन तर किन भगवानले मबाट  आफनो दोस्रो रुप नै खोसेर लगे त भगवान पनि कति साह्रै निष्ठुरी बनेका हुन , के नाै महिनासम्म गर्भमा राखेर दुख कष्ट खेपेर तिमिले मलाई जन्माएकै दिन काखमा लिन पनि नपाई न्यानो स्पर्श दिन पनि नपाई छाेरीले अामा र अामाले छाेरी चिन्न नपाइ सदासदाकाे लागि टाढियाै नि अामा हामी दुवै ।  यसाे साेच्छु भगवान छन् भन्ने त भ्रम मात्रै पाे रहेछ क्याे नत्र जन्मदिने अामाबाट सन्तानलाई किन छुट्टाउथे र……?

 

म अबोधको के नै दोष थियो होला र जसले जन्म दियो उसको काखको न्यानो स्पर्श पनि लिन नपाई, आमा कस्ती हुन्छीन भनेर देख्न, चिन्न पनि नपाई, आमाको स्तनको स्वाद चाख्न पनि नपाई आमासँगको बालापन कस्तो हुन्छ भनेर जान्न नपाई मबाट खोसेर लग्याै । थाहा छ आमा अब फर्केर त आउनु हुन्न तरपनि प्रतिक्षा त्यही मान्छेको हुँदो रहेछ जो आफनो सफरमा अब कहिल्यै सँगै हुदैनन् ।

 

कहिलेकाहीँ त यस्तो लाग्छ कि स्वर्गसम्म पुग्ने सिढी भएको भए मजस्ता थुप्रै आमाबिहिन छोराछोरीले आफ्ना आमाहरुलाई फर्काएर ल्याउथे होला किनकी संसारमा मजस्ता कयौं अामाबिहिन छोराछोरी छन् ।

 

आमा नगुमाएका सबै छोराछोरी त उस्तै हुन्छन् भन्दिन तर कोहीकोही छोराछोरीे यति घटिया व्यवहारका हुन्छ कि जसले आफनो जन्म दिने आमाहरुलाई वृद्धाश्रम लैजाने अपहेलना गर्ने छिछि र दुरदुरको सिकार गराउने जस्ता विभिन्न अनैतिक क्रियाकलाप गरेका घटनाहरु बहिर आउँछन् । ति घटनाहरु सुन्दा यस्तो लाग्छ कि आमा हुनेहरुलाई आमाको महत्व के थाहा नि हामी आमा गुमाउनेहरुलाई दिनरात आमाको सम्झनाले कति तड्पाउछ भनेर…

 

 

मैले जिन्दगी चारैतिरबाट नियालर हेरे तर तिमी हुँदा जुन खुशी अनुभुती गर्न पाउथे होला त्यो खुशी कतैबाट पनि मिलेननी आमा र तिमि बिनाको त्यो खुशी मिल्दा पनि नमिल्ला सायद सबैभन्दा खुशी एउटी नारी आमा बन्न पाउदा हुन्छीन रे भन्ने सुन्छु तिमि पनि त धेरै खुशी भयौ होलानी है आमा मलाई आफ्नो पेटमा महसुस गर्न पाउँदा म तिम्राे गर्भमा बसेसँगै तिमिलाई धेरै दुख भयो नि है आमा तरपनि सबै पिडा खप्यौ ।

 

आमा नै एउटा यस्ताे महान नारी हुन जसले अाफ्नाे सन्तानको लागि हरेक पिडा खप्न तयार रहेकी हुन्छीन् ।  प्रसवको पिडाले छटपट्टारहेको बेला कति दुख भयो होलानी है आमा तरपनि मलाई जन्माउनको लागी कति सङ्घर्ष,युद्द गर्यौ र अन्त्यमा मलाई जन्म दियाै अनि प्राण त्यागाै गयाै छाेडेर मलाई टुहुरी बनाएर।

 

 

मलाई जिन्दगीमा एक्लै सङ्घर्ष गर्न लेखेको रैछ हाेला। मेराे लागि दुख सहने पनि म नै, दुखकाे मलमपट्टी गर्ने पनि म स्वंयम अाफु नै हुँ जस्तो लाग्छ। एउटा कुरा मज्जाले बुझे दुख सहने बानीले दुख उत्पादन गर्न निकै उक्साउदाे रछ क्यारे!

अामा तिमी बिनाको जीवन निकै सङ्घर्षपूर्ण बितेको छ मेराे जुन घरमा मलाई जन्माउनकाे लागि लडीबुडी गरेर प्राण त्यागाै त्याे घरमा मलाई फर्किन मन लाग्दैन म कसरी हाँसी,खुशीका साथ बस्न सक्छु र तिम्रो प्राण त्यागीएकाे या भनाै तिम्रा हजाराै सपनाको देहावसान भएको ठाउँमा सानो छन जरी त बुझि, केही जान्ने थिइन् अब त धेरै कुरा बुझ्ने भए जतिजति उमेर बढ्दै जान्छ उतीउती अामाकाे यादले सताउदाे रहेछ।

अामा तिम्रो ठाउँमा त बरु म नै मरिदिएकाे भए हुन्थ्यो लाग्छ जबजब मेराे जीवनमा चुनाैती,संघर्षका पहाडहरु उभिन्छन्।
म एक्लै हन्छु नि अामा तिमी भएको भए तिम्रो काखमा अाफ्नाे शिर राखेर कति कुरा भन्थे हाेला मेराे पनि थुप्रै रहर,इच्छा, अाकांक्षाहरु थिए । सँगै दुखका पहाडहरुमा उक्लिनु हुन्थ्यो नि तिमी नभएपछि मलाई अरुसँग ती पहाडहरु चढ्ने रहर नै हरायाे।

 

 

अाजकाे दिनमा सबैले फेसबुकका भित्ताभरि अामाकाे फाेटाे रंगाएका छन्,अझै रङ्गाउने तरखरमा पनि कति धेरै छन्। मन सम्हाल्न निकै गार्‍हो हुने रहेछ तिम्रा यादहरुका छाल सुनामी जसरी अाउँछन् अामा।

 

झण्डै २० वर्ष पुग्न लागेछनी अामा हामी बिछाेडीएकाे पनि अाफुसँग जे काे अभाव हुन्छ उसैको महत्त्व धेरै हुँदाे रहेछ।
यदि भेट सम्भव छ भनी मलाई पनि छिट्टै लैजानु याे बिरानो सहरमा म एक्लै भएकी छु अामा।

 

सानिआमा ल्याएपछि बाबा पनि बिराना हुन्छन् भन्छन् क्यारे बिरानो भएको अनुभव मैले पनि नगरेको त हैननी अामा तर काेसङ्ग गुनासाे गरु मैले । मैले मेराे मनभित्रका हरेक पिडाहरु त्याे रातको अन्धकारमा सिरानीसँग पाेख्थे अामा तिम्रै नाम लेइ कराइ कराइ कसैले सुन्नि थिएनन् ,मेरो रुवाइ । सँगै सुत्नु भएकी हजुरअामाले पनि कहिल्यै सुन्नु नै भएन म यसरी रुन्थे कि साइडमा भएको मान्छेले थाहा पाउने थिएनन् ।

 

आमा कहिल्यै नझुल्किनी गरेर सदासदाको लागी असत्ताएर मबाट टाढा गयौ है यस्तो लाग्छ कहिलेकाही त मैले जिवनसँग हारे आमा मेरी आमा तिमिले छाडेर गइहाल्यौ मलाई एक्लै पारेर टुहुरी उपनाम पाएको पनि अब त २० वर्ष पूग्न लागेछन् । भन्नेलाई कति सजिलो ए फलाना मरेको त यति वर्ष उति वर्ष पुग्यो भनेर सहेर बस्नेलाई कति पिडा हुन्छ त्यो त भोग्नेलाई मात्रै थाहा हुन्छ।

 

एकदिन म पक्कै आउँछु अामा तिमिलाइ भेट्न अनि खुशी नै हुनेछु आमा किनकि जिवित हुँदा हाम्रो भेट हुन सकेन मृत्युपछि त अवश्य भेट हुन्छ हाेला नी है म तिमि गएको बाटो पच्छाउँदै पच्छाउँदै आउँछु आमा पर्खि बस्नु है जिवनको विकल्प खोज्ने र मृ”त्युको बिकल्प रोज्ने क्रम बढ्दै छ तरपनि म मृत्युको विकल्प राेजेर अाफुलाई कहिल्यै कायर सावित गर्न मन लागेन किनकि तिमिले प्रसवकाे युद्धमा अाफु  म”रेर मलाई बचाएकी हाै नी अामा म तिम्रो यति ठुलो त्याग कसरी बिर्सन सक्छु र।

 

मलाई कतै न कतैबाट त हेरिरहेकी हाैलीनी है अामा मैले पाे देख्न सक्दिन हाेला तर अनुभव भइरहेको हुन्छ कतैबाट हेरिरहेकी छाै हाेला भनेर।अामा तिमीले गर्व गर्न लायक बन्छु नाम जस्तै चम्केर देखाउनु छ अामा मलाई विगतका ती तितामिठा अनुभवहरुले अाज मलाई बलियाे बनाएकाे छ।

 

अामा अरुसङ्ग माया गर्न एउटी अामा हुन्छीन तर मसँग त धेरै अामाहरु हुनुन्छ नी गाउँघरमा मलाई सबैले धेरै माया गर्नुहुन्छ मलाई तिम्रो मृ”त्युुपछि धेरैले केही न केही तवरबाट बचाउनकाे लागि धेरै प्रयत्न गर्नुभएको थियोे रे म ती अामाहरुलाई आज मातातिर्थ औसीँकाे दिनमा नमन गर्न चाहान्छु मनैबाट धेरै सम्झि पनि रहेकी छु।

 

अनि म मेराे हजुरबुबा हजुरआमालाई त झन कहिल्यै पनि बिर्सन सक्दिन आज म जे छु जस्तो छु सबै उहाँहरुकै देन हाे अाफ्नै काेखकाे सन्तानलाई भन्दा बढी माया गरेर हुर्काउनु भाे शिक्षा सँगसँगै संस्कार दिनु भाे धेरै कृतज्ञ छु मलाई माया,स्नेह र सकेसम्म आमाकाे अभाव नहाेस है यसलाई भनेर माया गर्ने सम्पूर्ण आमाहरुमा।

 

आज एकदिन मात्रै हाेइन सधैंभरि आमाकाे सम्मान गर्नुस आमालाई धेरै माया गर्नुस र अर्को कुरा आमा बिनाको कुनै घर कुनै नहाेस।

 

लेखक : तारा कंडेल गुल्मी दरबार गाउपालिका गुल्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?