रुपन्देहीका तिन धार्मिक युवाले उत्पादन गरे अर्गानिक गौधुप

रुपन्देही ।
गाइको गोबरमा चन्दन,घ्यू,मह,गोमूत्र,खुदो, आदि वस्तुहरुको मिश्रणबाट निमार्ण गरिएको अर्गानिक भगवती गौधुप बजारमा आएको छ ।
वर्तमान परिस्थीतिमा पुरै विश्वजगत् कोभिड १९ कोमहामारीले आक्रान्त पारिरहेको अवस्थामा नेपाल सरकारले प्रयाप्त मात्रामा अक्सिजन उपलब्ध गराउन नसकेकोले अब पुर्विय दर्शनमा आधारीत गौधुपबाट अक्सिजन प्राप्त गर्नको लागि निर्माण गरिएको पौडेलले  जानकारी दिनुभयो ।

नेपाल ज्योतिष परिषद् रुपन्देहीका उपाध्यक्ष विष्णु पौडेल,सचिव रामकृष्ण चापागाई र युवा ज्योतिषी पण्डित जनक लम्सालले संयुक्त रुपमा उत्पादन गर्नुभएको हो ।  रुपन्देहीको सैनामैनामा ज्योतिष तथा युवा पण्डितहरुद्वारा संचालित भगवती एकीकृत कृषि फर्म सुरु गरेको गौधुपबारे सस्थाका अध्यक्ष बिष्णु पौडेलले धुप बारे बताउदै भन्छन् -गाइको गोबरमा पर्याप्त मात्रामा खनिज तत्व हुनुका साथै यसमा फास्फोरस, नाइट्रोजन, चुना, पोटाश, म्याग्नेसियम, आइरन , सिलिकन, एल्म्युनियमको मात्रा पनि धेरै हुन्छ ।

गोबरमा अधिक मात्रामा खनिज रहेको हुदाँ यसले माटोलाई समेत उर्बरा बनाउँछ । गोबरको गुइठा बनाएर बाल्नाले पर्यावरणलाई शुद्ध तुल्याउँछ । गोबरमा चन्दन, घ्यू, मह , गोमूत्र , खुदो , आदि शुद्ध वस्तुहरुको मिश्रणबाट धूप तयार गरी बाल्दा त्यसबाट उत्पन्न हुने धुँवाले वातावरणलाई शुद्ध बनाउने कुरा पूर्वीय एवं पाश्चात्य दर्शनले प्रष्ट पारेका छन् ।

रसायन रहित ,वातावरण मैत्री,आध्यात्मिक एवं धार्मिक कार्यमा उपयोग्य गौधूपको प्रयोग गरौँ,गौ संरक्षणमा टेवा पुराउने उद्देश्यले गौधुप निर्माण गरिएको संस्थाका अध्यक्ष पौडेलले बताए ।

नेपाल ज्योतिष परिषद् रुपन्देहीका उपाध्यक्ष समेत रहेका पौडेलले गाइको संरक्षणले दूध उत्पादन मात्र नभइ मलमूत्रबाट विभिन्न किसिमका रोग व्यादिको उपचार हुने भएकोले गाई सरंक्षणमा सरकारले पनि ध्यान दिनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?