पत्रकार महासंघ गुल्मीमा आइसोलेसन निर्माणमा पत्रकारको सारथी बन्दै पल्ली

भुबन भुसाल , गुल्मी, बैशाख २९ – नेपाल पत्रकार महासंघ गुल्मीमा आइसोलेसन निर्माण गरिएको छ । कोरोना महामारीको बेला फ्रन्ट लाइनमा काम गरिरहेका पत्रकार तथा संचारकर्मीहरुलाई बिशेष प्राथमिकता दिएर आइसोलेसन निर्माण गरिएको हो ।

जिल्लामा पत्रिका, टेलिभिजन र अनलाइन तथा अनलाइन टेलिभिजनमा काम गर्ने करिव डेढ सय पत्रकार तथा संचारकर्मीहरु छन् । जिल्लामा मिडियामा काम गर्ने मध्ये ८० प्रतिशत कोठा भाडामा बस्छन् ।

कोभिडको जोखिमसंगै संक्रमित भएपछि कोठा भाडामा बस्नेहरु सहज नहुने भएपछि शुभलक्ष्मी फर्मा र रेसुंगा नगरपालिकाको सहयोगमा आइसोलेसन निर्माण गरिएको पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए । अक्सिजनसहित ५ बेड आइसोलेसन निर्माण गरिएको हो ।

पत्रकारको जोखिमसंगै जिल्लामा आइसोलेसनको महत्व महसुस गराउन सकेकोमा खुसी व्यक्त गरे । पत्रकार महासंघले आफ्नो आइसोलेसनसंगै जिल्लामा अक्सिजन अभियान संचालन गरेर सहयोग संकलन गरिरहेको छ । ‘सरकार र त्यसका निकायलाई सचेत बनाउने पत्रकारको कर्तव्य पनि हो,’उनले भने,‘पत्रकारको सानो सन्देशले जिल्लामा ठुलै उपलब्धि प्राप्त भएको छ ।

’ शुभलक्ष्मी फर्माका संचालक होम पल्लीले बेड, अक्सिजन र आइसोलेसनका लागि आवश्यक औषधी र अन्य उपकरण प्रदान गरेका छन् । पल्लीले पत्रकार तथा संचारकर्मीहरुलाई कोरोनाको पहिलो लहरमा पनि स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेका थिए । ‘मैले गरेका थुप्रै सामाजिक काम मध्ये पत्रकारलाई पनि सहयोग गर्ने अवसर पाएको छु,’उनले भने,‘महामारी बिरुद्ध सवैले सवैलाई सहयोग गरौ ।’

उनले आफुसंग भएको स्रोत साधनलाई अधिकतम प्रयोग गर्ने, कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिने बित्तिकै परिक्षण गर्ने र आइसोलेसनमा बस्नुनै महामारीबाट बच्ने उपाय भएको पल्ली बताए । उनले अब पनि पानी रुझेर, खडजुरो वा मौसम भनेर घरमा बसे स्थिती नियन्त्रण बाहिर जाने भएकाले तत्काल बिरामीलाई उपचारको दायरामा ल्याउन सके मृत्युो संख्या घटाउन सकिने सुझाव दिए ।

पत्रकार महासंघको आइसोलेसनको लागि मुसिकोट ६ निवासी संचारकर्मी तथा समाजसेवी रविलाल पौडेलले २ थान अक्सिजन प्रदान गरेका छन् । त्यस्तै रेसुंगा नगरपालिकाले पनि स्वास्थ्य सुरक्षाका सामग्री र आइसोलेसनको व्यावस्थापनमा सहयोग गरेको पत्रकार महासंघ गुल्मीका सहसचिव तिलाचन पाण्डेयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?