पत्रकार महासंघको अक्सिजन अभियानमा राधा–माधवको सहयोग


हुमाकान्त पोखरेल गुल्मी, २९ वैशाख । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन अभियानमा राधा–माधव समिति गुल्मीले सहयोग गरेको छ ।

 

सदरमुकाम तम्घासमा रहेको समितिका सत्सङ्गिहरु तथा डिभाइन युथ क्लव गुल्मीका सदस्यहरुले रकम संकलन गरी पत्रकार महासंघ, गुल्मीलाई हस्तान्तरण गरेको पत्रकार महासंघका प्रदेश सदस्य ताराप्रसाद भुसालले जानकारी दिए ।

 

राधा–माधव समितिका संयोजक महाशर्मा भण्डारीले बुधबार पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याललाई ३२ हजार ७६५ प्रदान गरेका हुन् । संयोजक भण्डारीले अक्सिजनको अभाव झेलिरहेको अवस्थामा पत्रकार महासघंले सुरु गरेको अभियानमा आफुहरुको सधै साथ रहने बताए ।

 

साथै भोलेन्टियर रुपमा काम गर्ने जनशक्ति चाहिए पनि डिभाइन युथ क्लवमार्फत आफुहरुले उपलब्ध गराउने प्रतिवद्धता जनाए । पत्रकार महासंघका अध्यक्ष अर्यालले अक्सिजनकै कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले अक्सिजन अभियान सुरु गरेको बताए ।

 

संस्थाकै सभाहलमा बोलाएर कोरोनाविरुद्धको अभियानमा इट्टा थप्ने काम गरेकोमा राधा–माधव समिति र डिभाइन युथ क्लवलाई धन्यवाद् दिए । त्यसका साथै उनले कोरोनाविरुद्धको अभियानमा सबै एकजुट भइ रकम संकलन अभियानमा जुट्न समेत आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?