कोरोनाबाट बागलुङमा एकै परिवारका तीन जनाको मृ”त्यु

बागलुङ : कोरोना संक्रमणका कारण जिल्लाको बडिगाड गाउँपालिकामा एकै परिवारका तीन जनाको मृ”त्यु भएको छ। कोभिड संक्रमणबाट ८७ वर्षिय पिताको निध”न भएको एक सातापछि दुई छोराको कोरोना संक्रमण पस्चात उपचारकै क्रममा मृ”त्यु भएको हो।

 

धौलागिरी अस्पतालमा उपचारत बडिगाड गाउँपालिका–४ का ४० वर्षको पुरुषको गए राती मृ”त्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए। बुटवल बस्दै आएका ५२ वर्षीय जेठो छोराको भने गण्डकी अस्पताल पोखरामा उपचारकै क्रममा गए रातीनै मृ”त्यु भएको हो। उनी भारतीय सेनाबाट दुई महिना अघि मात्रै अवकाश लिएर आएका थिए।

 

पोखरामा मृ”त्यु भएकाको श”व बागलुङ ल्याउने अथवा पोखरानै अन्त्येष्टी गर्ने भन्नेमा छलफल भइरहेको पारिवारिक स्रोतले जनाएको छ। यो परिवारका अन्य सदस्यहरु समेत संक्रमित भएका छन्। पारिवारिक सदस्यकै बिहेको क्रममा कोरोना संक्र”मण फैलिएको आँकलन छ।

 

मृ”तकका पिताको यसअघि कोरोना संक्रमण पुष्टि भएर स्वास्थ्य जटिलता भएपछि धौलागिरी अस्पतालमा ८७ वर्षको उमेरमा यही वैशाख २३ गते उपचारका क्रममा मृ”त्यु भएको थियो।

अटेर गरेर बिहे लगायतका कार्यमा भिडभाड गर्दा, रोक लुकाएर घरमै बस्दा, कोरोनालाई सामान्य आँकलन गर्दा, लकडाउनको उपयोगमा जुवातास खेल्दा गाउँपालिकामा बढी संक्रमण फैलिएका बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी कंडेलले बताए।

 

‘गाउँपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न भनिरहेका छौ, तर विवाह, चौरासी लगायतका भीडभाड हुने कार्य मनपरी गर्दा गम्भीर भयावह र क्षति बेहोर्नु पर्ने अवस्था आएको छ,’कंडेलले भने, ‘ हामीले सक्दो रोकथाम नियन्त्रणको कोसिस त गरिरहेका छौँ, चेकजाँच, उपचारका लागि प्रयासरत छौँ अब पनि बेवास्ता गर्ने हो भने कहाली लाग्दो अवस्था भोग्नुपर्ने निश्चित छ।’

 

योसँगै बागलुङमा मृ”त्यु हुनेको संख्या २३ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै जिल्लामा ६ जनाको ज्यान गएको छ भने २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बागलुङ जिल्लामा तिव्रतर गतिमा कोरोना संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले १० दिनका लागि निषेधाज्ञा जारी गरेको थियो। उक्त निषेधाज्ञाको समय आज राति सकिदैन। कोरोना भयावह अझ बढ्दो क्रममा रहेकाले आगाम जेष्ठ १५ गते सम्मका लागि १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय भइसकेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।

अन्नपूर्ण पोस्ट बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?