सरकारको अर्को झुट, ‘चीनबाट ल्याईंदै गरेको अक्सिजन सिलिण्डर अनुदान नभई व्यवसायीले ल्याएको खुलासा’

काठमाडौं । चीनबाट स्थलमार्ग हुँदै आउन लागेको १८ हजार अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको नभएर व्यवसायीले ल्याएको खुलासा भएको छ ।

 

सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाका अनुसार व्यापारिक प्रयोजनको लागि व्यवसायीहरुले १८ हजार सिलिण्डर चीनबाट ल्याएको जानकारी दिनुभयो ।

 

तर यसलाई अनुदानमा दिएको सिलिण्डर सरकारले छिट्टै ल्याएको भनी सरकारमा रहेका जिम्मेवार व्यक्तिहरुले प्रचार गरेका थिए ।

 

उपप्रधानमन्त्री ईश्वर पाखेरेलका प्रेस सल्लाहाकार गणेश पाण्डेले फेसबुकमार्फत चीन सरकारले अनुदानमा दिएको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुगेको भन्दै प्रचार गर्नु भएको थियो । पाण्डेको स्टाटसलाई लिएर धेरै सञ्चारमाध्यमले समाचार बनाएका थिए ।

 

शनिबार उपप्रधानमन्त्री पोखरेलसँग आफ्नो मिटिङ भएको र त्यसैलाई लिएर सल्लाहकार पाण्डेले चीन सरकारले अनुदानमा दिएको सिलिण्डर तातोपानी आइपुग्यो भनेर भ्रमपूर्ण रुपमा प्रचार गरेको शेर्पाले बताउनुभयो ।

 

तातोपानी भन्सार कार्यालयले समेत ती अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको नभइ व्यापारीले ल्याएको बताएको छ ।

 

व्यसायिक प्रयोजनका लागि ल्याएको सिलिण्डर ७५ सय खाशामा आइपुगिसकेको शेर्पाले जानकारी दिनुभयो । तीमध्ये सोमबार २५ सय थान अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुग्नेछन् । दैनिक ३ वटा कन्टेनरमा ती सामग्री नेपाल भित्रने भन्सार कार्यालयले जानकारी दिएको छ ।

 

नेपालमा अक्सिजनको हाहाकार भएपछि तातोपनी भन्सार कार्यालयले सिलिण्डर उपलब्ध गराउन चीन सरकारलाई आग्रह गरेको थियो । सोही अनुसार व्यवसायीहरुले सिलिण्डर ल्याएका हुन् ।

इमेज खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?