पत्रकार महासंघ गुल्मीको अक्सिजन प्लान्ट अभियानमा नेता बिष्ट र भण्डारीको एक्यवद्धता , नगद देखी अक्सिजन सम्म सहयोग 

 

 

भुबन भुसाल जेठ २ गुल्मी – नेपाल पत्रकार महासंघ गुल्मीले सुरु गरेको अक्सिजन प्लान्ट अभियानमा गुल्मी जिल्लाको प्रतिनिधित्व गर्ने नेता द्वय गोकर्ण बिष्ट र चन्द्र भण्डारीले एक्यवद्धता जनाएका छन ।

 

कोरोना भाइरसको जोखिम सङ्गै जिल्लामा उपचारमा अक्सिजनका कारण समस्या उत्पन्न भएकाले नेपाल पत्रकार महासंघले सहयोग अभियान चलाएर जिल्लामै अक्सिजन प्लान्ट राख्ने योजना बनाएको छ । सामाजिक संजाल मार्फत सुरु गरिएको अभियान हाल सबै गुल्मेलीको साझा अभियान बनेको छ ।

 

पत्रकार महासंघको यो अभियानको प्रसम्सा गर्दै गुल्मी २ का साम्सद एवं नेकपा एमालेका केन्द्रिय सचिब गोकर्ण बिष्ट र नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य डा चन्द्र भण्डारीले सहयोगको प्रतिबद्धता जनाएका छन ।

 

सामाजिक संजाल फेसबुक मार्फत नेता बिष्टले नगद १० लाख आफ्नो मार्फत जुटाइदिने घोषणा गरेका छन भने ४५ थान अक्सिजन सिलिन्डर गुल्मी पठाइसकेका छन ।

त्यस्तै नेता भण्डारीले सन्सार भर रहेका नेपाली लाई यो अभियानमा जोडिन आव्हान गर्दै महासंघको खाता न सहित सबैमा अपिल गरेका छन भने नगद एक लाख रकम संकलन गरिसकेको बताएका छन ।

 

जिल्लामा अक्सिजन उत्पादन हुदैन , रिफिल गर्न बुटवल पठाउनु पर्छ त्यो पनि घन्टौ लाइनमा बस्दा बल्ल दिनभरमा २/३ वटा सिलिन्डर भर्न सकिन्छ त्यसैले अक्सिजन प्लान्टको योजना बनाएका हौ महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले भने । यो अभियानमा यसरी राजनैतिक दल , नेता गण , व्यापारी,  बुद्धिजिवि , समाजसेवी , कर्मचारी , संघ सस्थाको सहयोग मिलेको छ कि जस्को शब्दमा ब्यक्त गर्न सकिँदैन अर्यालले भने ।

 

गुल्मी जिल्लामा हाल सम्म आइसियु र भेन्टिलेटरको सुबिधा नहुदा खराब अवस्थाका बिरामीको उपचारमा समस्या भैरहेको छ । जिल्लामा धेरै सुबिधाको अस्पताल छैन उपचारका लागि पाल्पा बुटवल चितवन वा काठमाडौ लैजानु पर्छ , सडकको दुरावस्थाका कारण गुल्मेली महङ्गो मूल्य तिरेर हेलिकप्टर मार्फत जान बाध्य भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?