एकिकृत ग्रामीण विकास समाज गुल्मी द्वारा अक्सिजन अभियानमा ५१ हजार सहयोग

 

एकिकृत ग्रामीण विकास समाज गुल्मीले अक्सिजन अभियानमा ५१ हजार सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजन प्लाण्ट अभियान संचालन गरेको छ ।

 

सोहि अभियानमा ऐक्यबद्धता जनाउँदै समाजले सहयोग गरेको संस्थाका अध्यक्ष हिरा एसीले जानकारी दिए । महामारी नियन्त्रणमा राज्यसंगै सरकारी तथा गैर सरकारी संस्था र नागरिकको समेत सामाजिक उत्तरदायी हुुने भएकाले अभियानमा सहयोग मार्फत जोडिएको एसीले बताए । उनले संस्थाको सहयोग रकम नेपा पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याललाई प्रदान गरे ।

 

संस्थागत र केहि कर्मचारीहरुबाट रकम संकलन गरेर महान अभियानमा हातेमालो गर्न पाएकोमा संस्थामा अध्यक्ष एसीले खुसी व्यक्त गरे । अभियानको नेतृत्व गरिरहेको नेपाल पत्रकार महासंघको तर्फबाट अध्यक्ष अर्यालले सवैको सद्भावलेनै अक्सिजन प्लान्टको अभियान अगाडी बढिरहेकाले एकिकृत ग्रामीण विकास समाजको सहयोग प्रति कृतज्ञता ज्ञापन गरे ।

 

एकिकृत ग्रामिण विकास समाजले जिल्लामा सुशासन र समाजिक विकासका क्षेत्रमा काम गरिरहेको छ । गत बर्षको कोरोनाको पहिलो लहरमा पनि नेपाल पत्रकार महासंघ मार्फत संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले जानकारी दिए । त्यस्तै गत बर्षकै बाढि र पहिरोमा प्रभावित इस्मा र मुसिकोटमा ८ लाख बराबरको विभिन्न सामग्री प्रदान गरिएको विश्वकर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?