गुल्मीमा अक्सिजन प्लान्ट निर्माणका लागि मन्त्री ज्ञवालीको पहलमा एक करोड बिनियोजन

भुबन भुसाल , बैशाख ३ गुल्मी

गुल्मी जिल्लामा अक्सिजन प्लान्ट जडानका लागि अर्थ मन्त्रालयले एक करोड रकम बिनोयोजन गरेको छ ।

 

अर्थ मन्त्रालयले तम्घासमा अक्सिजन प्लान्ट जडान गर्न एक करोड रुपैया बिनियोजन गरेको परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका छन ।

 

मन्त्री ज्ञवालीले तम्घासमा अक्सिजन प्लान्ट निर्माणका लागि एक करोड बिनियोजन भएको , ५ वटा आइसियु स्थापनाको प्रक्रिया सुरु भएको र रुरु , शृङ्गा र जोहाङ्ग स्वास्थ्य चौकिलाइ स्वास्थ सामाग्री पठाउने प्रबन्ध भएको पनि बताएका छन ।

 

मन्त्री ज्ञवालिले यस कार्यमा सहयोग गर्ने अर्थ मन्त्री र स्वास्थ्य मन्त्री र अभियान सुरु गर्ने नेपाल पत्रकार महासंघ गुल्मीलाई धन्यवाद समेत दिएका छन ।

 

यता अक्सिजन प्लान्ट जडानका लागि नेपाल पत्रकार महासंघ गुल्मीले पचास लाख भन्दा बढी रकमको जोहो गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?