पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियान जारी रहने (बिज्ञप्ति सहित)

 

जेठ ४,२०७८ गुल्मी : नेपाल पत्रकार महासंघ गुल्मीले गुल्मीमा अक्सिजन प्लान्ट निर्माण नभएसम्मका लागि अक्सिजन आपूर्ति र सहजीकरणलाई निरन्तरता दिने जनाएको छ ।

महासंघका अध्यक्ष टोपलाल अर्यालद्धारा जारी बिज्ञप्तिमा पत्रकार महासंघ गुल्मीले चालेका अक्सिजन प्लान्ट अभियानमा सहयोग गर्ने देश बिदेशमा रहने गुल्मेलीजनहरु, संघ संस्थाहरुलाई धन्यबाद प्रकट गरिएको छ । यस अभियानमा ऐक्यबद्धता जनाई अभियानमा लाग्ने गुल्मी उद्योग बाािण्ज्य संघ ,चेम्बर अफ कर्मश, राजनीतिक दल सम्पुर्णलाई आभार प्रकट गरिएको छ ।

यस्तै सोही अभियानमा क्षेत्रनम्वर एकका सांसद तथा मन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा संघिय सरकारबबाट एक करोड रुपैयाँ बिनीयोजन भएकोमा धन्यबाद ब्यक्त गरिएको छ । यस्तै क्षेत्रनम्बर दूईका सांसद तथा पूर्व मन्त्री गोकर्णराज बिष्ट , नेपाली काँग्रेसका केन्द्रिय सदस्य चन्द्र भणडारी लगायत यस अभियानमा सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद प्रकट गरिएको छ ।

 

अक्सिजन प्लान्ट स्थापना गर्नका लागि सहयोग गर्ने सम्पुर्णलाई १० गतेसम्म सहयोग गर्नका लागि पनि महासंघले आग्रह गरेको छ । हालसम्म करिब ५० लाख बढी संकलन भएको र संकलित रकमको पारदर्शि रुपमा खर्च गरिने र सार्वजनिक गरिने पनि बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?