जारी छ अक्सिजन अभियान , थप ५० हजार सहयोग दिए टन्डन दम्पतीले 

भुबन भुसाल  , जेठ ४ गुल्मी – नेपाल पत्रकार महासंघ गुल्मीको जारी अक्सिजन प्लान्ट अभियानमा छत्रकोट ३ चोयगाका टन्डन दम्पत्तिले थप ५० हजार सहयोग प्रदान गरेका छन ।

 

 

हाल बुटवलमा ब्यवसाय गरि आएका शंकर टन्डन र साबित्रा टन्डनले गुल्मीमा अक्सिजनकै अभावमा कसैले देह त्याग गर्नु नपरोस भन्दै नगद ५० हजार थप सहयोग प्रदान गरेका हुन । उनिहरुले यस अघि पनि नेपाली काङ्ग्रेस मार्फत नगद ५० हजार जिल्ला पठाइसकेका छन ।

 

 

हामी बुटवल बस्छौं , गुल्मीका खबरले छाती पोल्छ दैनिक ४/५ वटा हेलिकप्टरले बिरामी बोकिरहेको छ , सबै मिलेर जिल्लाको स्वास्थ्य क्षेत्र परिवर्तन गर्न सके सहज होला भनेर सहयोग गरेका हौं शंकर टन्डनले भने । परिवारनै सामाजिक कर्ममा कृयाशिल टन्डन परिवारले यश भन्दा पहिला पनि बिपदमा परेका थुप्रै गुल्मेलीलाई सहयोग गरिसकेका छन ।

 

 

यता पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले सबैको उदेश्य गुल्मीमा अक्सिजनको सुनिश्चितता हो । बाल बाल बचेको जिन्दगीमा बबाल नगरौ । असल अभियानमा सासका लागि काटिएको गासको अबमुल्यन नहोस् । यथाशीघ्र अक्सिजन प्लान्ट संचालनमा जुटौं । परिस्थिति काबु बाहिर भएकाले कोहि नटुटौ भन्दै सहयोगी टन्डन दम्पतीलाई धन्यवाद दिएका छन ।

 

 

पत्रकार महासंघको आजको बैठकले यो अभियान जेठ १० गते सम्म संचालन गर्ने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?