गुल्मी जिल्ला अस्पतालमा ५ बेडको आईसीयू कक्ष निर्माणका लागि रू २ करोड़ विनियोजन

भुबन भुसाल , जेठ ५ गुल्मी –  गुल्मी जिल्ला अस्पतालमा ५ बेडको आईसीयू कक्ष निर्माणका लागि रू २ करोड़ विनियोजन भएको छ ।

 

गुल्मी क्षेत्र नम्बर १ का सांसद तथा नेपाल सरकार परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीको पहलमा रु दुई करोड रुपैया विनियोजन गरिएको हो । यसअघि जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नको लागि मन्त्री ज्ञावली कै पहलकदमीमा रु १ करोड बजेट विनियोज भइसकेको छ ।

 

यतिबेला जिल्लामा सक्रिय कोरोना संक्रमित एक हजार नाघिसकेको अवस्थामा अक्सिजनको पनि अधिकतम माग हुने गरेको कारण जिल्लामा अक्सिजन अभियान चलिरहेको छ । पत्रकार महासंघ गुल्मीले पनि अक्सिजन प्लान्ट स्थापना गर्ने गरी अर्थ संकलन सञ्चालन गरिरहेको छ ।

 

हालसम्म ५० लाख भन्दा बढी रकम संकलन भएको महासंघले जनाएको छ । रुरु, श्रृंगा र जोहांग खैरेनी प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री पठाउने जानकारी दिदै अक्सिजन प्लान्टको अभियान सञ्चालन गर्ने पत्रकार महासंघलाई धन्यवाद समेत दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?