नेपालको राजनीतिक अवस्थाबारे बोल्यो भारतः यो आन्तरिक मामिला हो

 

काठमाडौं, जेठ १२ । नेपालमा पछिल्लो समयमा भइरहेको राजनीतिक परिघटनाबारे दक्षिणी छिमेक भारतले आफ्नो प्रतिक्रिया दिएको छ ।

प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायतका विषयसँग जोडिएको प्रश्नमा भारतले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको हो ।

 

बुधवार नयाँदिल्लीमा भएको नियमित पत्रकार भेटघाटमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालमा विकास भइरहेको घटनाक्रमलाई भारतले नजिकबाट नियाले पनि त्यो उसको आन्तरिक मामिला भएको टिप्पणी गर्नुभएको हो ।

नेपाल आफ्नो समस्या समाधान गर्न सक्षम रहेको भन्दै बागचीले भन्नुभयो, ‘नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास छ ।’

 

नेपालको शान्ति, समृद्धि र स्थायित्वका लागि साथ दिन छिमेकी मित्रराष्ट्रका रुपमा भारत तयार रहेको पनि उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?