युनाइटेड हेल्थ एण्ड फिटनेस क्लबलाई २ लाख सहयोग, क्लबले दियो गाउपालिकालाइ अक्सिजन कन्सन्ट्रेटर

 

रामकृष्ण कडेल , जेठ १२ गुल्मी । युनाइटेड हेल्थ एण्ड फिटनेस क्लब चारपालालाई गुल्मी जिल्ला गुल्मीदरबार गाउँपालिका -७ लामडाडाका स्थायी बासिन्दा हाल लगजम्बरलाई कर्मथलो बनाई रहनु भएका सामाजिक अभियन्ता सोमान सिंह बस्नेतको पहलमा संकलित २ लाख रकम दरबार देउराली दर्शन सेवा समाज चारपाला र युनाइटेड हेल्थ एण्ड फिटनेस क्लब (UHFC) चारपाला ले प्राप्त गरेको क्लबका अध्यक्ष इन्द्र बहादुर थापाले बताउनुभएको छ ।

 

“प्रबासमा चारपाला बासी एक हौ मनलाई फराकिलो बनाऔ दु:ख पिडामा सहयोग गरौं ” भन्ने मुल नाराका साथ गुल्मी चारपालाको विपद् व्यवस्थापन तथा सामाजिक,धार्मिक र सांस्कृतिक उत्थानको क्षेत्रमा कार्य गर्दै अगाडि बढिरहेको दरबार देउराली दर्शन सेवा समाज चारपाला र युनाइटेड हेल्थ एण्ड फिटनेस क्लब (UHFC) चारपालाको सहयोग अभियानले नगद सहयोग गरेको हो ।

नेपाल देखि प्रवासको यात्रा तय गर्ने क्रममा सामाजिक ब्याक्तित्वहरु सोमान सिंह बस्नेत -गुल्मी युरो ५६० , हरि बहादुर खत्री -गुल्मी युरो ५०१ ,गोकर्ण थापा -बागलुङ युरो३०५ मित्रलाल शर्मा – गुल्मी युरो १११, मिन बहादुर बस्नेत – गुल्मी युरो १००, बालकृष्ण सापकोटा – अर्घाखाँची युरो ७५ ,रमाकान्ता शर्मा – गुल्मी युरो ७५ ,प्रेमलाल शर्मा – गुल्मी युरो , दिपेन्द्र बस्नेत -बिराटनगर युरो ५१ नारायण सिंह खत्री -गुल्मी युरो ५१, युवराज खत्री -बागलुङ युरो ५१ , राम बहादुर खत्री -अर्घाखाँची युरोप २५, खेम राउत -स्याङ्जा युरो २१, छम बहादुर खत्री – बागलुङ युरो २० , द्रोण बहादुर खत्री -गुल्मी २०, जीवन गुरुङ – पोखरा युरो २० , सीता खत्री- बागलुङ युरो १५ , शोभा जि.सि. – बागलुङ युरो १५,झलक महत -म्यादी युरो १५ गरी जम्मा नेपालि रु २ लाख पठाइएको हो ।

विशेष गरि कोभिड्को महामारीलाई मध्यनजर विभिन्न अभियानलाई सहयोग अनुरोध गर्दै क्लबलाइ आर्थिक संकलन गरि सहयोग प्रदान गर्नु भएको अध्य्क्ष थापाले बताउनु भयो ।

 

क्लबले नेपाल पत्रकार महासंघ शाखा गुल्मीको अक्सिजन प्लान्ट अभियानको लागि ने रु ५०,००।- (नेरु पचास हजार मात्र ) , गुल्मीदरबार गाउँपालिकाको केन्द्रमा अबस्थित आसुलेसन सेन्टरको लागी नेपाली रुपैया ५०,०००।- (पचास हजार ),युनाइटेड हेल्थ एन्ड फिटनेस क्लब चारपाला र दरबार देउराली दर्शन सेवा समाजले संचालन गरेका दुई अभियानहरु अक्सिजन संकलन कन्सलटेटर मेसिन सहयोग संचालन “आफू बाचौ अरुलाई पनि बचाऔ “अभियानको लागि नेरु ३५,०००।- (नेपाली रुपैया पैतिस हजार ) साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ “कलम साथै मल्हम” अक्षयकोष अभियानको लागि नेरु६५,०००।- (नेपाली रुपैया पैसठ्ठी हजार )गरि मानवीय अभियानलाई नगद स्वरुप जम्मा नेरु २,००,०००।- (नेपाली रुपैया दुई लाख ) अध्यक्ष थापाले भन्नुभयो यस महामारीमा मानवीय सहयोग प्रदान गर्नु भएको छ ।

 

यहाँहरुलाई हार्दिक आभार सहित विशेष धन्यवाद व्यक्त गर्दछौ । साथै यहाँहरुको यो पवीत्र मानवीय सहयोगले कोभिडका बिरामी ,दुखी पीडित परिवार ,साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरुको जीवनमा सहयोग मिल्ने बिश्वास लिएका छौ । हजुरहरुको साथ सहयोगले हामिलाई थप हौशला मिलेको छ । यो सहयोग अविस्मरणीय रहिरहने छ ।

 

थापाले हामी यहाँहरु लगायत समस्त परीवारको सुख शान्ती, समृद्धि, उत्तरोत्तर प्रगतिको कामना सहित सु -स्वास्थ्य एबम दिर्घायूको प्राथना गर्दछौ भन्नुभएको छ । यस्तै गुल्मीदरबार गाउँपालिका वडा नं ७ मा रहेको युनाईटेड हेल्थ एण्ड फिटनेस क्लबले गुल्मीदरबार गाउँपालिका वडा नं. ३ को गौडाकोट स्वास्थ्य चौकीमा रहेको आइसोलेशन सेन्टर संचालन तथा व्यवस्थापनका लागि रकम रू ५०,०००।- (पचास हजार) सहयोग गरेको केही दिन नबित्दै पु:न एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप गाउँपालिकालाई क्लबका अध्यक्ष ईन्द्र थापाले हस्तान्तरण गर्नु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?