लिम्घेली युवा क्लवद्धारा स्वास्थ्यचौकीलाई सामग्री सहयोग

गुल्मी । १३ जेठ
लिल्घेली युवा क्लवले लिम्घा स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड १९ को चपेटामा परेका लिम्घेलीहरुको उपचारमा सहजीकरण गर्न सामग्री प्रदान गरिएको हो ।

 

लिम्घेली युवा क्लब र स्थानीय युवाहरुको पहलमा २ वटा ठूला र ३ वटा सानो अक्सिजन सिलिन्डर, अक्सिमिटर २ सेट, पिपिई २ सेट, गाउन, कोभिड सङ्क्रमित बिरामीको लागि प्रतिरोक्षात्मक भिटामिन तथा औषधी, २५ थान एन्टिजीन किट गरेर करिब एक लाख ९० हजार बराबरका सामग्रीहरु प्रदान गरिएको क्लवका अध्यक्ष प्रेम विकले बताए ।

 

क्लब मार्फत वडा अध्यक्ष दान बहादुर राना, अन्य जनप्रतिनिधी र पार्टी प्रतिनिधि, एवं समाजसेवीहरुको सहभागितामा हस्तान्तरण गरिएको हो । महामारीको बेलामा सहयोग गर्ने सवैलाई धन्यवाद दिदै उपलब्ध सामग्रीको सहि रुपमा प्रयोग गर्ने स्वास्थ्य चौकी प्रमुख राम बहादुर सुर्यबंशीले जानकारी दिए ।

 

स्थानीय तथा शुभलक्ष्मी फर्माका प्रोपाइटर होम पल्लीले सामग्रीहरुको सहजीकरण गरेर उपलब्ध गराएकोमा क्लवले धन्यवाद व्यक्त गरेको छ । पल्लीले लिम्घाको स्वास्थ्य स्थितीमा सुधार ल्याउन पटक पटक नैतिक, भौतिक तथा आर्थिक सहयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?