गुल्मीदरबार गाउपालिकालाई सामाजिक अभियन्ता भुसालले गरे स्वास्थ्य सामग्री सहयोग

रामकृष्ण कडेल , जेठ १३, गुल्मी ।

गुल्मीदरबार गाउपालिकालाई सामाजिक अभियन्ता कृष्ण भुसालले काठमाडौं बाट गाउँपालिकामा महामारिबाट बच्न बचाउन भन्दै स्वास्थ सामाग्री पठाएका छन ।

भुसालले पठाएका स्वास्थ सामाग्रीहरु वडा नं. ४ का वडाध्यक्ष खुमबहादुर पल्ली, समाजसेवी कृष्ण खनाल, सुशिला पुन मार्फत गाउँपालिकामा हस्तान्तरण गरिएको हो । गाउँपालिकामा कोभिड संक्रमण रोकथामको लागि प्राप्त सामग्रीहरूले ठूलो सहयोग मिल्ने हुँदा गाउँपालिका परिवारले अभियन्ता भुसाललाई धन्यवाद दियका थिए ।

स्वास्थ्य सामाग्री अक्सिमिटर ८ थान माक्स १०००थान , सेनिटाइजर १५ लिटर , डिस्पोजेबल PPE ८ थान रहेको थियो। कार्यक्रममा उपस्थित ब्याक्तीहरुलेबआ आफ्नो ठाँउबाट सानोतिनो सामाग्री सबै तिर सहयोग पठाउन सकेमा पालिका भित्र स्वास्थ सामाग्रीको अभाव नहुने बताउनु भएको थियो । हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्षमण पाण्डेले स्वास्थ्य सामाग्री पठाएकोमा धन्यवाद ब्यक्त गरे ।

 

स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले स्वास्थ्य सेवा प्रवाहमा थप सहजता हुने विश्वाश ब्यक्त गरेका छन । स्मरण रहोस भुसाल गत स्थानिय निर्वाचनमा गाउपालिकाको अध्यक्ष पदमा नेकपा एमाले बाट अध्यक्ष पदका उमेदवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?