डिभाईन युथ क्लव, नेपालले कोभिड १९ भ्रम र यथार्थ अनलाईन परामर्श कार्यक्रम सन्चालन गर्ने

 

डिभाइन युथ क्लव नेपालले कोभिड १९ भ्रम र यथार्थ अनलाईन परामर्श कार्यक्रमआयोजना गर्ने भएको छ।

जेठ २२ गते शनिवार दिंउसो ३ बजेबाट जुम मार्फत सन्चालन हुने उक्त कार्यक्रममा कोभिड १९ सम्वन्धी सचेतनामुलक प्रश्तुतीकरण, परामर्श एवं सहभागीका जिज्ञासा क्लवमा आवद्ध मेडिकल टिमका डाक्टरहरु मार्फत समाधान गर्ने गरी कार्यक्रम तय भएको क्लवले जनाएको छ।

जुमलिंक र थप जानकारी को लागि क्लवको फेजबुक पेजमा इभेन्ट बनाइएको समेत क्लवले जनाएको छ।

ठुला शहरी क्षेत्र भन्दापनी ग्रमीण क्षेत्रमा परामर्शको बढि आवश्यकता देखिएको भन्दै क्लवले यस अघी सातवटै प्रदेशमा प्रदेशस्तरीय निशुल्क कोभिड १९ परामर्श कार्यक्रम सम्पन्न गरीसकेको छ।यस कार्यक्रममा पनि ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरुलाई बढि प्राथमिकता दिनेगरी प्रचार प्रसार गरीएको क्लवले जनाएको छ।

सामाजिक सेवा र अध्यात्मिक जागरणको क्षेत्रमा क्रियाशिल श्री राधा माधव समिति नेपाल अन्तर्गतको क्लवले कार्यक्रममा मानसिक स्वस्थ्यलाई पनि प्रथमीकतामा राखी मानसिक रुपमा स्वस्थ्य रहने गर्न सकिने केहि व्यवहारिक अभ्यास समेत गराउने जनाएको छ।

थप जानकारीको लागि
+9779849215189,+9779846149639, +9779856040367,+977-01-6630270
फेसबुकपेज: https://bit.ly/3wV784v मा संपर्क गर्न क्लबले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?