रेडक्रसद्वारा इस्मा कोभिड अस्पताललाई अक्सिजन कन्सनटेटर प्रदान

गुल्मी, २२ जेठ
नेपाल रेडक्रस सोसाइटी गुल्मीले कोभिड-१९ अस्पताल इस्मालाई एक थान कन्सनटेटर प्रदान गरेको छ ।

 

नेपाल रेडक्रस सोसाइटी गुल्मीका मन्त्री लालबहादुर कुवरले कन्सन्टेटर गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट मार्फत कोभिड-१९ अस्पताल प्रमुख डा. निश्चल शर्मालाई प्रदान गरे । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशले जिल्ला शाखालाई २ थान कन्सनटेटर र स्वास्थ्य सुरक्षाका महत्त्वपूर्ण सामग्री बितरण गरेको थियो ।

गाउँपालिका प्रमुख बिष्टले जिल्लामा २ थान मात्र अक्सिजन कन्सन्टेटर आउदा पनि इस्मालाई सम्झिएकोमा रेडक्रस गुल्मी र समन्वय गर्ने सबैलाई धन्यवाद दिए । साथै उनले हरेक बिपदमा रेडक्रसबाट इस्माले पाउदै आएको सहयोगले आगामी दिनमा पनि निरन्तरता पाउने आशा व्यत्त गरे । बिष्टले नेपाल रेडक्रस सोसाइटीमा वडागत उपशाखाहरुमा पनि जिल्लाबाट प्राप्त स्वास्थ्य सुरक्षाका सामग्री बितरण गरे ।

 

जिल्ला शाखाबाट उपशाखामा प्रदान गरिएका माक्स, सेनिटाइजर, साबुन लगायतका सामग्री पनि स्वास्थ्यचौकीहरुमा बितरण गरिने नेपाल रेडक्रस सोसाइटी गुल्मीका मन्त्री लाल बहादुर कुवरले जानकारी दिए । उनले इस्मामा सक्रमण पनि उच्च र कोभिड अस्पतालमा पनि थुप्रैको उपचार भएकाले आवश्यकताकै आधारमा अक्सिजन कन्सनटेटेर माग गरिएको बताए ।

 

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दोहली उपशाखाका कोषाध्यक्ष कृष्ण रिजालको अध्यक्षता, गाउँपालिका प्रमुख बिष्टको प्रमुख आतिथ्यता र रेडक्रस हस्तिचौर सभापति शेर बहादुर कुवरको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?