महामारीका मनकारी जसले संक्रमितलाई खाना र सुप निशुल्क खुवाउँछन्

टोपलालअर्याल
गुल्मी, २२ जेठ
कुनै समय कोभिड १९ संक्रमित हिडेको बाटो अरु हिड्दैनथ्ये । संक्रमितको घर बारे । सक्रमण मुक्त भएपछि पनिलामो समय बोलेनन् । समय फेरिएको छ । अहिले गाउँरशहरमा संक्रमित धेरै भए । कोभिड १९ ले धनी र गरिव भनेन् । त्यसैले संक्रमितले पनि माया पाउन थाले ।

 

उनीहरुलाई डाक्टर तथा स्वास्थ्यकर्मीसहित समुदाय र नागरिकले सहयोग गर्न थाले । पछिल्लो उदाहरण हो एभरग्रिन पार्टी प्यालेस । जसले जेठ १ गतेबाट गुल्मी अस्पालका कोभिड १९ संक्रमितको लागि दैनिक ३ पटक सुप खुवाउँदै आएका छन् । बिहानमसरुम सुप, दिउँसो चिकेन र साँझ मटन सुप खुवाइदै आएको प्यालेस संचालकझविन्द्र बस्नेतले बताए ।

 

बस्नेतले १४ बर्षदेखि होटल व्यावसाय संचालन गरेका छन् । उनलेमहामारीका बेलाआफुलाई पैसाले पुगेर नभई मानवतामात्रै प्रकट गरेको बताए । निशेधाज्ञा हटेपछि पनिगुल्मी अस्पतालमा सुत्केरी हुनआउनेहरुकालागिनिशुल्क सुप र ज्वानो पानीको व्यावस्था गर्ने मनसायबनाएको बस्नेतले बताए । बस्नेत दैनिक ३ पटक सुप बोकेर अस्पताप पुग्छन्् । यो ज्यादै चुनौतिपूर्ण कामहो । उनले जोखिमकैबिच पनिमानवीयताको गत्तिलो उदाहरण प्रस्तुत गरेका छन् ।गुल्मीअस्पतालका कोभिड संक्रमित, कुरुवा र स्वास्थ्यकर्मीहरुलाई सुप खुवाइएको छ ।

संक्रमितकहिलेकाँही २५÷३० जनापनिपुग्ने र कहिले घट्ने भएकाले दैनिक सरदर १५ जनालाई सुप खुवाइएको बस्नेतले बताए । उनले सुरुमा खानापनिखुवाएकाथिए । पछि गुल्मीअस्पतालले संक्रमितलाई खानाखुवाउनथालेपछि आफुले सुप मात्र पुराउनथालेको बस्नेतले बताए । त्यस्तै तम्घासकैलाहुरे बा को भान्सा घर पनिअर्को उदाहरण हो । जसले जेठ १४ गतेबाट गुल्मी अस्पताल र महेन्द्र माविको आइसोलेसनका कोभिड १९ संक्रमति र उपचारमा खटिएका नर्सहरुलाई निशुल्कनास्ताउपलब्ध गराईरहेको छ ।

 

अहिले पनिझट्टै कोहिगुल्मी अस्पताल छिर्र्दैनन् । तर, लाहुरे बा को भान्सा घरले संक्रमण अवधिभर खाजाखुवाउने योजनाबनाएको छ । दैनिक १५ देखि २० जनाले निशुल्कखाजापाइरहेको संचालक सन्तोष क्षेत्रीले जानकारी दिए । उनले हरेकदिनदिउँसो १२ देखि ३ बजेसम्मनास्तादिने गरेको बताए । खाजाको रुपमापाउरोटी, ब्रेड, चना, अण्डा र दुघ प्रदान गरिएको छ ।

 

आफुहरुले दैनिक फरक–खाजाखुवाउने योजनाबनाएको भएपनि धेरैको मागको आधारमा पाउरोटी, ब्रेड, चना, अण्डा र दुघ खुवाउने गरिएको क्षेत्रीले बताए । उनले सम्पतिभन्दामहामारीमाकमाएको धर्मनै सवैभन्दा ठुलो हुने भएकाले आफुहरुले खाजानिशुल्क गरिएको बताए । अमेरिकामा रहेका छयानबुटि घले, बिन्द्राएचश्रेष्ठ घले, चन्द्र बहादुर क्षेत्री, दिपक क्षेत्री, मायादेवि क्षेत्री, चन्द्र खत्री, सन्तोष क्षेत्री, खड्ग क्षेत्री, कमल क्षेत्री, राधिका भण्डारी क्षेत्री, चन्द्र शंकर केसी र राधिका भण्डारी क्षेत्रीको पहलमाखाजानिशुल्क गरिएको हो ।

 

क्षेत्री परिवारले र उहाँको छोरी तथानातिनीको तर्फबाट केहि समय अगाडी १३ लिटरको अक्सिजन कन्सन्टेटर प्रदान गरेको थियो । गुल्मीअस्पतालकाप्रमुख डाक्टर उत्तमपच्याले दुई मनकारी परिवारको असलकर्मले अस्पताल परिवारसंगै सक्रमितहरु अत्यन्तै खुसीभएको बताए । उनले महामारीमाधनर सम्पतिले सम्पन्न परिवारको एक नजर र बचन समेत नपाएको अवस्थामामध्यम परिवारहरुको सहयोग र सद्भावनिकै उदाहरणीय भएको बताए ।

 

‘महामारीको चपेटमा परिवारले समेत खुलेर बिरामीको हेरचाहगर्दैनन । तर, दुई सहयोगी परिवार भगवान बनेका छन्,’उनले भने,‘मन ठुलो हो, सम्पति केहि होइन् ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?