खोलामा ठेकेदारको मनपरि, मापदण्डविपरित उत्खनन ( भिडियो सहित )


गुल्मी २८ जेठ, गुल्मी

जिल्लाका खोला र नदीहरूमा मापदण्डविपरीत डोजरसहितका ठूला –ठुला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको छ । असार महिनालागेपछि खोला तथा नदीमा उत्खनन गर्न नपाईने हुनाले यतिवेला जिल्लाका सवैजसो खोला तथा नदीमा मापदण्डविपरीत डोजरसहितका ठूला –ठुला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको हो ।

 

 

पछिल्लो एक सातादेखि गुल्मीका सवै खोला र नदीमा डोजर, एक्स्काभेटर, टिपर र ट्र्याक्टरको ताँती देख्न सकिन्छ । स्थानीय सरकारले लगाएको टेण्डरमा भएको सहमतीलाई लत्ताउदै यहाँका निमार्ण ब्यवसायीहरुले मापदण्ड विपरित डुला मेसिनहरु प्रयोग गरि खोला उत्खनन गरेका हुन । यतिवेला जिल्लाका खोलामा ठेकेदारहरुको मनपरि र दादागिरी नै चलेको छ । स्थानीय तहका जनप्रतिनिधि र प्रहरी प्रशासनले सामान्य अनुगमनसमेत नगर्दा ठेकेदारहरुको मनपरि चलेको हो ।

 

मापदण्डविपरित खुलेआम दोहोन भएका खोला नदिको वाटे हुँदै जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरु ओहोरदोहोर गर्दा उनीहरुले देखेर पनि नदेखेको जस्तो गरेर हिँड्ने गरेको पाइएको छ । कानुनी हिसाबले नदीजन्य पदार्थ निकाल्न मेसिनहरु प्रयोग गर्न पाइँदैन तर कानुन हातमा लिएर यहाँ नदीजन्य पदार्थहरुको खुलेहाम दोहन हुदाँ समेत स्थानीय प्रशासन, स्थानीय सरकार मौन रहेको छ । अझ कतिपय स्थानीय तहका प्रमुखहरुले त ठेकेदारको वचाउ समेत गदै हिडेका छन ।

 

मापदण्डविपरित खोला उत्खननको प्रमुख मारमा जिल्लाको छल्दीखोला रहेको छ । छल्दीखोलामा दैनिक अवैध एक्साभेटरले उत्खनन गर्ने र सयौ टिप्परहरुले नदिजन्य पर्दाथ ओसारपसार गर्ने गरेका छन । स्थानीय र सरोकारवालाहरुले कानुन विपरित उत्खनन गर्दा अवरोध गर्न खोजेपनि ठेकेदारहरुले लालपुर्जा लिएर आईजा भनेर धम्की समेत दिने गरेको स्थानीयहरु बताउछन ।

 

इस्मा ३ छल्दीका चुरा मुखियाका अनुसार आफुले पटक पटक यसरी गहिरो बनाएर गिट्टी वालुवा ननिकाल्नुस भन्दा ठेकेदारले आफैलाई धम्काएको बताए । यहाँ अन्धाधुन्ध जता मनलाग्यो त्यतै एक्साभेटरले खनेका छन मुखियाले भने“हामीले अनुरोध गर्दा उल्टै तेरो लालपुर्जा लिएर आईजा भनेर भन्छन ।” अर्का स्थानीय खिमानन्द खनालले पनि खोला धेरै तलसम्म खनेकाले खेतमा पानी लैजान नमिल्ने गुनासो गरे । कुलो र खेत माथी छ उनी भन्छन“ अव खोला खनेर पानी तल गयो कसरी पानी लगाएर खेतीपानी गर्न हो ।” गीट्टी वालुवा निकाल्नेलाई यसरी तलसम्म गहिरो नवनाउनुस भन्दा गाउँपालिकाले ठेक्का लगाएर हो भनेर भन्छन हामी त मारमा परियो हजुर भन्दै उनले गुनासो गरे ।

 

वातावरणीय प्रभाव मूल्यांकनअनुसार उत्खनन भइरहेको क्षेत्रमा ० दशमलव ५ मिटर गहिराइसम्म मात्र नदीजन्य पदार्थ झिक्न मिल्ने भएपनि यहाँ भने ४÷५ मिटर गहिराईसम्म उच्खनन गरिएको छ । अहिले सरकारी निकायको अनुगमन अभावमा खोला ४÷५ मिटरसम्म गहिराइमा पुगेको छ । कुनै दुरि नै कायम नगरि खोलाभर नै ठेकेदारले नदीजन्य पदार्थ निकाल्ने गरेका छन ।

स्थानीय तहका प्रतिनिधि र प्रहरी भने खोला सुरक्षामा कतै देखिँदैनन । आयोजनाको नाममा वातावरणीय प्रभाव मूल्यांकन परीक्षणलाई मिचेर मापदण्डभन्दा ५÷७ गुणा गहिराइृमा पुगेर हजारौ घनमिटरको परिमाणमा निकासी भइरहेको छ । आयोजनाका नाममा उत्खनन गरिएको ढुंगा र गिट्टी ठूलो फरिणाममा स्थानीय क्रेसर उद्योगमा जाने गरेको छ । खोलाका गिट्टी वालुवा थालेमाले विमानस्थल, तम्घास रेसुङ्गा सडक, रुद्रवेणी, जोहाङ्ग,मजुवा,वामीटक्सार सडक,रिडी खज्याङ्ग सडक, सेउघा वरवोरवोट सडक लगायतका आयोजनाका नाममा उत्खनन गर्ने र अवैध रुपमा सञ्चालनमा रहेका क्रेसरमा डम्पिङ गर्ने भैरहेको छ ।

इस्मा गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिती सयोजक विमला खत्रीका अनुसार वातावरणीय परीक्षण र मुल्याङकन एकातिर उत्खनन अकैतिर भएको बताईन । गाउँपालिकाले विभिन्न स्थानमा तोकिएको मापदण्ड अनुसार नदीजन्य सामग्री निकाल्न वातावरणीय प्रभाव मूल्यांकन गरेर ठेक्का लगाएको हौ उनले भनिन“ तर हामीले तोकेको मापदण्डभन्दा विपरित ठेकदारहरुले मनपरि उत्खनन गरेपछि रोक्ने प्रयास गरेका छौ ।” अहिले इस्माको छल्दी खोलामा मापदण्डविपरितका आधा दर्जन डोजर र एक्साभेटरले ढुंगा, गिट्टी र बालुवा नियमित निकाल्ने गरेका छन । जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले सबै प्रक्रिया पूरा गरेर मात्र उत्खनन भइरहेको बताए ।

 

सवै स्थानीय तहहरूले मापदण्ड पूरा गरेर ठेक्कामार्फत नै निकासी गरेका छन् उनले भने“स्थानीय तहले नै निरन्तर अनुगमन र खवरदारी गर्नुपर्ने हो ।”उनका अनुसार जिल्लामा सञ्चालनमा रहेका योजनाहरु सम्पन्न गर्नका लागि नदीजन्य उत्खनन गर्न बनेको मापदण्डले अप्ठारो पारेको बताए । यस्तै धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले गाउँका विकास गर्दा स्थानीय कच्चा पदार्थ प्रयोग नै मुख्य भएको बताए । गुल्मीको विकास गर्नका लागि पाल्पा र बाग्लुङबाट गिट्टी बालुवा ल्याउन सम्भव नभएको भन्दै संघीय कानुन नै व्यावहारिक नभएको उनको तर्क छ । ठूला ठूला जिल्ला र तराइलाई मात्र लक्षित गरी कानुन बनाएकाले पहाडमा समस्या भएको उनले बताए ।

 

मापदण्डविपरित नदी तथा खोलहरु उत्खनन भएको विरोध सवैतिरवाट आउन थालेपछि प्रहरी प्रशासन पनि अहिले जागेको छ । जिल्ला प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईले मापदण्ड विपरित ठुुला–ठुला मेसिनहरु प्रयोग गरेर गीट्टी वालुवा उत्खनन गर्न नदिने बताए । अव खोलामा प्रहरीको ड्युटी नै राख्छौ उनले भने“केही ठुला मेसिनहरुलाई कारवाहीको दायरामा राखिएको समेत छ ।” प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार पनि नियमविपरित नदीजन्य पदार्थ उत्खनन नगर्न आग्रह गर्दा पनि अटेर गरेकाले आवश्यक कारबाही गर्न प्रक्रिया अगाडि बढाउने बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?