सवारी दुर्घटनामा कांग्रेस नेता डा. चन्द्र भण्डारीका भाई डा. शंकर भण्डारीको मृत्यु

बुटवल । रुपन्देहीको चरङ्गेमा भएको सवारी दुर्घटनामा १ जनको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । आज राती अन्दाजी ९ बजे भएको दुर्घटनामा छत्रकोट १ हुँगाका शंकर प्रसाद भण्डारीको मृत्यु भएको छ भने सोही स्थान घर भई बुटवल बस्दै आएका थानेश्वर भण्डारी घाईते भएका छन् ।

 

पूर्व पश्चिम राजमार्गको चरङ्गे चोकबाट २ किलोमिटर उत्तर शंकर भण्डारी आफैले चलाएको बा १७ च ६०६६ नम्बरको कार चरङ्गेको मुढाबासमा कल्भर्टबाट तल खस्दा चालक भण्डारीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

 

मृतक भण्डारी कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाई हुन् । काठमाडौ बस्दै आएका उनी बुवाको वर्षदिनको कर्मका लागि अघिल्लो हप्ता मात्र बुटवल आएका थिए ।

त्रीभुबन विश्वबिद्यालयका सह प्राध्यापक समेत रहेका भण्डारीको शब अहिले काठमाण्डौ लैजाने तयारी भएको र भोली पशुपती आर्यघाटमा अन्तिम सस्कार गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?