मोटरसाइकल दुर्घटनामा पत्रकार पान्डे दम्पती घाइते

असार २९ गुल्मी

गुल्मीमा आज भएको मोटरसाइकल दुर्घटनामा पत्रकार बिश्वनाथ पान्डे र वहाँकि पत्नी सरस्वती पाण्डे घाइते हुनुभएको छ ।

रिडि तम्घास सडक खण्डको लुम्छा बजार नजिकै आज बिहान माथि बाट खसेको रुखले लाग्दा घाइते भएको प्रत्यक्षदर्शी मेघराज पन्थले बताउनु भयो ।

लु २६ प १४४० नम्बरको मोटरसाइकलमा सवार पान्डे बिहान कार्यालय जादा दुर्घटना भएको हो ।

वहाँ रेडियो नेपाल रेसुङ्गा रिले स्टेसनको प्रमुख हुनुहुन्छ ।

पान्डेको खुट्टामा चोट लागेको छ भने श्रीमती सरस्वतिको खुट्टा र हातमा सामान्य चोट लागेको बताइएको छ ।
वहाँहरुलाइ उपचारका लागि एम्बुलेन्समा श्रीङ्गा प्राथामिक स्वास्थ्य केन्द्र शृङ्गा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?