गुल्मीदरबार गाउँपालिकाको बार्षिक समिक्षा गोष्ठी सम्पन्न

भुबन भुसाल , भाद्र २० गुल्मी
गुल्मीको गुल्मी दरबार गाउपालिकाले बार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७७/२०७८ मा गाउपालिकाले गरेका कामहरुको बारेमा समीक्षा गरिएको हो ।

गाउँपालिकाको सभाहल गौडाकोटमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर गाउपालिकाले गरेका कामहरुको बिषयमा समिक्षा गरिएको छ । समीक्षा गोष्ठीमा बोल्दै गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण पान्डेले गाउँपालिकाले गरेका कामहरुको समग्र  जानकारी गराउनुभएको थियो भने शाखा प्रमुखहरुले सबै कार्यक्रमको बिबरण सहित जानकारी दिनुभएको छ ।

गाउँपालिका र वडामा विद्युतिय हाजिरी , गाउपालिका र वडामा विद्युत अबरुद्ध भएका बेला पनि काम हुने गरि पावर ब्याकअपको ब्यवस्था , गत बैशाख देखि अनलाइन राजस्वको ब्यवस्था , मातृशिशु स्वास्थ्य , परिवार स्वास्थ्य ,  लगायतको लागि कस्तो छ आमा कार्यक्रम , कृषक सङ्ग कृषि प्राबिधिक कार्यक्रम , योजना सम्बन्धि बिस्तृत पुस्तक बितरण , वडा स्तरमा अपाङ्ग परिचयपत्र बितरणका लागी घुम्ती शिबिर लगायतका कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

समिक्षा गोष्ठीमा बोल्दै अधिकृत पाण्डेले सेवाग्राही सन्तुष्टि  बारे नागरिक सेवा ग्राही सर्बेक्षण कार्यक्रम संचालन गरिएको , कक्षा १ देखि ३ सम्मका लागि हाम्रो गुल्मी दरबार गाउँपालिका पाठ्यपुस्तकको ब्यवस्था , बिपत सामाग्रीको जोहो , जनता सङ्ग गाउँपालिका रेडियो कार्यक्रमको संचालन गरिएको , गत बर्षको एक करोण सत्तरी लाख मध्य एक करोण दस लाख रकम बेरुजु फर्छौट गरिएको, लघु उद्धमी कार्यक्रम , गाउँपालिकाका महिलाहरुको नेतृत्व बिकाशका लागि अनुशिक्षण कार्यक्रम गरिएको , बिधालयमा शुद्ध पिउने पानीको ब्यवस्था भएको  लगायत बजेट परिचालन , शिक्षा , स्वास्थ्य , रोजगारी , क्षमता बिकास , बिकास निर्माण , सुसासनका बारेमा जानकारी गराउनुभएको थियो ।

गाउपालिकाले गरेका भौतिक प्रगति तर्फ वडा न ४ बाहेक सबै वडामा स्वास्थ्य चौकी भवन , गाउपालिकामा १५ शैयाको अस्पताल बन्दै , गाउपालिकाका आवस्यक स्थानमा बिधालय भवन बन्दै गरेको , अधिकाम्स स्थानमा लिफ्ट खानेपानी पुर्याइएको र केहिमा यहि आर्थिक बर्षमा सकिने , अधिकाम्स स्थानमा सडक पुर्याइएको , गाउपालिकाको बहुउद्देश्यीय सभाहल निर्माण सम्पन्न , विभिन्न पार्क , मन्दिरहरु निर्माण एवम निर्माण गरिएको , खरका छाना मुक्त गाउपालिका बनाउने अभियान अन्तिम अवस्थामा पुगेको लगायतको बारेमा समेत गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण पाण्डेले जानकारी गराउनुभएको थियो ।

आगामी आर्थिक
हाम्रो बिकास हाम्रै लागि , हाम्रो सम्रचना हाम्रो सम्पत्ती भन्ने उद्देश्य केन्द्रित कार्यक्रम संचालन गर्ने ,
जेष्ठ नागरिक सङ्ग गाउपालिका
बिद्यार्थी सङ्ग गाउपालिका
संचारकर्मी सङ्ग गाउँपालिका , कृषक सङ्ग गाउपालिका , आमा सङ्ग गाउपालिका , खेलाडी सङ्ग गाउँपालिका , अपाङ्ग सङ्ग गाउपल्लिका , एक घर एक करेसाबारी कार्यक्रम , एक वडा एक हेलिप्याड , प्रबिधिमैत्री स्थानीय सरकार , इबुलेटिन लाई निरन्तरता , निशुल्क कृत्रीम गर्भाधान , किसान अनुदान , शुद्ध खानेपानी र सरसफाइ कार्यक्रमको निरन्तरता , कृषि उपज र पशुमा आत्मनिर्भर कार्यक्रम

कार्यक्रममा गाउपालिकाले अपेक्षाकृत सफलता प्राप्त गर्न नसक्नुमा रहेका समस्या र चुनौतीका बारेमा समेत समीक्षा गरिएको छ ।

जसमा भुमिको सहि उपयोग र लाभ लिन नसकिएको , गाउपालिकको भौगोलिक अवस्थितिले अपेक्षाकृत सफलता हुन नसकेको , प्रबिधिको न्यून उपलब्धता , प्राकृतिक स्रोत साधन नहुनु , नागरिकको धेरै अपेक्षा गाउँपालिका सङ्ग हुनु तर पर्याप्त बजेट नहुनु , लगायतका समस्या रहेको र त्यस्को समाधानका लागि हुन सक्ने कामका सन्दर्भमा समेत छलफल गरिएको छ ।

कार्यक्रममा योजना शाखा प्रमुख टंक पन्थीले ३१५ वटा योजना सम्झौता भएको र २९९ वटा सम्पन्न भएको र अन्य सम्पन्न हुने चरणमा रहेको जानकारी गराउनु भयो । वहाँले गाउपालिकामा भएका योजनाको प्रगती बिवरण रकम समेत गरेर एक एक प्रस्तुत गर्नुभएको थियो ।
समीक्षा गोष्ठीमा आर्थिक तथा सामाजिक शाखा प्रमुख नबराज घिमिरे , स्वास्थ्य शाखा प्रमुख नारायण अर्याल , शिक्षा शाखा नरेन्द्र अर्याल, इन्जिनियर राजु अर्याल ,लगायत सबै शाखा प्रमुख , सबै वडाका सचिबहरुले आफ्नो आफ्नो विवरण प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिका कि कार्यबाहक अध्यक्ष मिना भण्डारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि , पत्रकार लगायतको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?